• ९ असार २०८१, आईतवार
  •      Sun Jun 23 2024
  •   Unicode
Logo
Latest
★   कर्णाली र सुदूरपश्चिमबाहेकका प्रदेशमा आज ठूलो पानी पर्ने ★   प्रतिनिधिसभाको बैठकबाट आजै बजेट पारित गर्ने तयारी ★   बेल्जियमले रोमानियालाई हरायो ★   टर्कीलाई हराउँदै पोर्चुगल युरो कपको अन्तिम १६ मा प्रवेश ★   टी–२० विश्वकपः बंगलादेशलाई हराउँदै भारत सेमिफाइनलको दौडमा बलियो ★   चीनले १७ जना नेपाली विद्यार्थीको नि:शुल्क मुटु उपचार गर्ने ★   उपप्रधानमन्त्री महासेठद्वारा निर्माणाधीन मुग्लिन–पोखरा सडक अनुगमन ★   पनौतीमा देवताबीच यौनिकता दर्शाई हिलेजात्रा सम्पन्न ★   जब सभामुख घिमिरेसँग विद्यार्थीले संसदीय मर्यादाको कुरा गरे… ★   महाकाली नदीमा डुबेर एकको मृत्यु, एक बेपत्ता

‘पहिला को बोल्ने’ विवादले संसदमा हंगामा



काठमाडौं । प्रधानमन्त्री केपी ओली र प्रमुख विपक्षी दल कांग्रेसका नेता शेरबहादुर देउवामध्ये पहिला को बोल्ने भन्ने विवादले मंगलबार प्रतिनिधिसभा बैठकमा हंगामा भयो । सभामुख कृष्णबहादुर महराले समय दिएपछि रोस्ट्रम पुगेका प्रधानमन्त्रीले कांग्रेसको विरोधका कारण बोल्न पाएनन् । पोडियममै केहीबेर टोलाएर फर्किन बाध्य भए ।

संसद्को कार्यसूचीअनुसार सभामुख कृष्णबहादुर महराले बैठकको सुरुमा प्रधानमन्त्रीलाई बोल्न समय दिएका थिए । प्रधानमन्त्रीले गुठी विधेयकलगायत समसामयिक विषयमा सम्बोधन गर्न समय मागेपछि सचिवालयले पहिलो सूचीमा राखेको थियो । तर, अन्तर्राष्ट्रिय लोकतान्त्रिक मान्यताअनुसार पहिले प्रमुख विपक्षी दलको नेता बोल्ने र त्यसपछि प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग कांग्रेसले गरेपछि हंगामा भयो । संसद् बैठक नै स्थगित भयो ।

संसद्को मंगलबारको कार्यसूचीको सुरुवातमै प्रधानमन्त्री ओलीले सार्वजनिक महत्वको विषयमा वक्तव्य दिने तय थियो । तर, बैठक सुरु हुनुअघि कांग्रेसले आफ्नो दलका नेता शेरबहादुर देउवाले बोल्न चाहेकाले पहिले बोल्न दिन सभामुखलाई दबाब दिएको थियो । सत्तापक्ष र प्रतिपक्षसँग पहिलो चरणमा भएको छलफलमा सभामुखले देउवालाई पहिले बोल्न दिने वचन दिएको कांग्रेस सचेतक पुष्पा भुसालको दाबी छ । ‘कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाण र म तथा नेकपाका प्रमुख सचेतक देव गुरुङ र सचेतक शान्ता चौधरीले छलफल गर्दा सभामुखले देउवालाई पहिले बोल्न दिने भन्नुभएको हो,’ भुसालले भनिन्, ‘सभामुखले दुईवटा बैठक राखेर सुरुमा देउवालाई बोल्न दिने र १० मिनेट स्थगित गरेर दोस्रो बैठकमा प्रधानमन्त्रीलाई समय मिलाउने वचन दिनुभएको थियो ।’

तर, केहीबेरपछि दोस्रो चरणको छलफलमा सभामुखले फेरि पहिले प्रधानमन्त्रीले नै बोल्ने जनाएपछि कुरा बिग्रिएको भुसालको दाबी छ । ‘यो छलफलमा सत्तारुढ दलका प्रमुख सचेतक तथा सचेतकले समेत प्रधानमन्त्रीले नै सुरुवातमा बोल्ने अडान राखे,’ उनले भनिन् । प्रधानमन्त्रीले समेत एक घन्टाजति संसद् भवनको आफ्नो कार्यकक्षमा बसेर सत्तापक्षका प्रमुख सचेतक र सचेतकसँग छलफल गरेको स्रोतले जनायो । त्यतिवेला सभामुख भने विपक्षी दलका प्रमुख सचेतक र सचेतकसँग पटक–पटक छलफलमा थिए । सहमति खोज्ने सभामुखको प्रयास असफल भएको थियो । सत्तापक्ष र प्रतिपक्षको अडानबीच सभामुखले करिब १२ बजे बैठक सुरु गरेका थिए ।

सभामुख महरा बैठक प्रारम्भ गर्नासाथ कार्यसूचीको एक नम्बरमा रहेको प्रधानमन्त्रीले सम्बोधन गर्ने तालिकामा प्रवेश गरे । तर, त्यसअघिकै छलफलमा समेत आफ्ना संसदीय दलको नेताले पहिले बोल्न पाउनुपर्ने कांग्रेसको अडान त्यहाँ पनि दोहोरियो । सभामुखले बैठकको कारबाही प्रारम्भ गरेको घोषण गरेलगत्तै कांग्रेस सांसदले उठेर विरोध गरे ।

सभामुख महराले कांग्रेस उठ्नुको कारण नै नसोधी प्रधानमन्त्रीले बोल्न समय मागेकाले उहाँलाई समय दिने र प्रधानमन्त्रीको कुरा सुनिदिन आग्रह गरे । प्रधानमन्त्री बोल्नलाई रोस्ट्रममा पुगेपछि कांग्रेस सांसद रोस्ट्रमअघि आए । सभामुख महराले प्रधानमन्त्रीको कुरा सुन्न र त्यसपछि समय दिने बताए पनि कांग्रेस सांसद नाराबाजीमा उत्रिए । ‘संसदीय मर्यादा कायम गर’, ‘प्रतिपक्षले संसद्मा बोल्न पाउनैपर्छ’ लगायत नारा कांग्रेसले ६ मिनेट लगाएपछि संसद् बैठक बुधबारसम्मका लागि स्थगित भएको सभामुखले घोषणा गरेको समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ । ।