१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोपा अमेरिका २०१९ : नेयमार बिनाको ब्राजिल भेनेजुएलासँग बराबरीमा रोकियो



अ+ अ-

काठमाडौं । कोपा अमेरिका २०१९ मा ब्राजिल दोस्रो खेलमा भेनेजुएलासँग बराबरीमा रोकिएको छ ।

बुधबार विहान भएको समूह ए अन्र्तगतको खेलमा ब्राजिल भेनेजुएलासँग बराबरीमा रोकिएको हो । आफ्नो स्टार खेलाडी नेयमार बिनानै मैदान उत्रिएको ब्राजिलले खेलभर उत्कृष्ठ प्रर्दशन गर्न सकेन ।

पहिलो हाफ बराबर खेलेको ब्राजिलले दोसो हाफमा पनि उत्कृष्ठ खेल देखाउन सकेन । खेल अबधिभर कूल १६ प्रहार गरेको ब्राजिलले १ प्रहार मात्रै टार्गेटमा लगाएको थियो ।खेलको ८८ औं मिनेटमा ब्राजिलका लागि फिलिपे कौटिन्होले गोल गरेपनि भिएआरलेअफसाईड गोल दिएको थियो । त्यसपछि बाँकी समयमा दुबै टोलीले गोल गर्न नसक्दा १–१ अकं बाढे ।

यो बराबरीसँगै २ खेलमा एक जित र एक बराबर गर्दै ब्राजिल अंकतालिकाको पहिलो स्थानमा यथावत छ ।भेनेजुएला भने २ खेलबाट २ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा रहेको छ।

यसअधि ब्राजिलले कौटिन्होको २ तथा एवटन सोर्सको एक गोलको मद्दतले बोलिभियालाई ३–१ ले पराजित गरेको थियो।

अब ब्राजिलले समूह चरण अन्तर्गत  तेस्रो खेल असार ८, आइतबार – मध्यरात १२:४५ बजे -पेरुविरुद्ध खेल्ने छ ।

अन्य खेलहरु

असार ५ , बिहीबार – विहान ३:१५ बजे – कोलोम्बिया विरुद्ध कतार
असार ५, बिहीबार – विहान ६:१५ बजे – अर्जेन्टिना विरुद्ध पराग्वे
असार ६ , शुक्रबार – विहान ४:४५ बजे – उरुग्वे विरुद्ध जापान
असार ७, शनिबार – विहान ४:४५ बजे – इक्वेडर विरुद्ध चिली
असार ८, आइतबार – मध्यरात १२:४५ बजे – बोलिभिया विरुद्ध भेनेजुएला
असार ८, आइतबार – मध्यरात १२:४५ बजे – ब्राजिल विरुद्ध पेरु
असार ९ , सोमबार – मध्यरा १२:४५ बजे – अर्जेन्टिना विरुद्ध कतार
असार ९, सोमबार – मध्यरात १२:४५ बजे – कोलोम्बिया विरुद्ध पराग्वे
असार १० , मंगलबार – विहान ४:४५ बजे – उरुग्वे विरुद्ध चिली
असार १०, मंगलबार – विहान ४:४५ बजे – इक्वेडर विरुद्ध जापान