७ पुष २०८२, सोमबार
,
Latest
बंगलादेशलाई हेरौँ। मैले चुनौती दिएको होइन,आजसम्म नेपालीहरुले त्यत्रो १७ हजार मान्छे मर्दा पनि सहे महिला उद्यमी महासंघको अध्यक्षमा श्रेष्ठ सरकारले राजनीतिक दलका क्षतिग्रस्त कार्यालयको अनुगमन गर्ने सुदूरपश्चिम प्रदेशसभा बैठक पुस ११ मा जापानिज इन्सेफ्लाइटिस्बाट यस वर्ष ३५ जनाको मृत्यु अन्तरविद्यालय डिआइजिपी रनिङ फुटबलको तयारी पूरा ‘चियाको चुस्कीभन्दा चुनावी गफ मिठा’ सामुदायिक वनका उपभोक्ताहरुलाई आगो निभाउने सामग्री हामी आलोचनाको पात्र बनेका छौँ, तर देशका लागि सहन र भोग्न तयार छौँ: प्रधानमन्त्री कार्की यु–१९ गल्र्स बास्केटबल लिग उपाधि विजेता भ्याली पब्लिक टोली
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोपा अमेरिका २०१९ : नेयमार बिनाको ब्राजिल भेनेजुएलासँग बराबरीमा रोकियो



अ+ अ-

काठमाडौं । कोपा अमेरिका २०१९ मा ब्राजिल दोस्रो खेलमा भेनेजुएलासँग बराबरीमा रोकिएको छ ।

बुधबार विहान भएको समूह ए अन्र्तगतको खेलमा ब्राजिल भेनेजुएलासँग बराबरीमा रोकिएको हो । आफ्नो स्टार खेलाडी नेयमार बिनानै मैदान उत्रिएको ब्राजिलले खेलभर उत्कृष्ठ प्रर्दशन गर्न सकेन ।

पहिलो हाफ बराबर खेलेको ब्राजिलले दोसो हाफमा पनि उत्कृष्ठ खेल देखाउन सकेन । खेल अबधिभर कूल १६ प्रहार गरेको ब्राजिलले १ प्रहार मात्रै टार्गेटमा लगाएको थियो ।खेलको ८८ औं मिनेटमा ब्राजिलका लागि फिलिपे कौटिन्होले गोल गरेपनि भिएआरलेअफसाईड गोल दिएको थियो । त्यसपछि बाँकी समयमा दुबै टोलीले गोल गर्न नसक्दा १–१ अकं बाढे ।

यो बराबरीसँगै २ खेलमा एक जित र एक बराबर गर्दै ब्राजिल अंकतालिकाको पहिलो स्थानमा यथावत छ ।भेनेजुएला भने २ खेलबाट २ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा रहेको छ।

यसअधि ब्राजिलले कौटिन्होको २ तथा एवटन सोर्सको एक गोलको मद्दतले बोलिभियालाई ३–१ ले पराजित गरेको थियो।

अब ब्राजिलले समूह चरण अन्तर्गत  तेस्रो खेल असार ८, आइतबार – मध्यरात १२:४५ बजे -पेरुविरुद्ध खेल्ने छ ।

अन्य खेलहरु

असार ५ , बिहीबार – विहान ३:१५ बजे – कोलोम्बिया विरुद्ध कतार
असार ५, बिहीबार – विहान ६:१५ बजे – अर्जेन्टिना विरुद्ध पराग्वे
असार ६ , शुक्रबार – विहान ४:४५ बजे – उरुग्वे विरुद्ध जापान
असार ७, शनिबार – विहान ४:४५ बजे – इक्वेडर विरुद्ध चिली
असार ८, आइतबार – मध्यरात १२:४५ बजे – बोलिभिया विरुद्ध भेनेजुएला
असार ८, आइतबार – मध्यरात १२:४५ बजे – ब्राजिल विरुद्ध पेरु
असार ९ , सोमबार – मध्यरा १२:४५ बजे – अर्जेन्टिना विरुद्ध कतार
असार ९, सोमबार – मध्यरात १२:४५ बजे – कोलोम्बिया विरुद्ध पराग्वे
असार १० , मंगलबार – विहान ४:४५ बजे – उरुग्वे विरुद्ध चिली
असार १०, मंगलबार – विहान ४:४५ बजे – इक्वेडर विरुद्ध जापान