• ९ असार २०८१, आईतवार
  •      Sun Jun 23 2024
  •   Unicode
Logo
Latest
★   कमिन्सको लगातार ह्याट्रिक, अफगानिस्तानले दियो अष्ट्रेलियालाई १४९ रनको लक्ष्य ★   कर्णाली र सुदूरपश्चिमबाहेकका प्रदेशमा आज ठूलो पानी पर्ने ★   प्रतिनिधिसभाको बैठकबाट आजै बजेट पारित गर्ने तयारी ★   बेल्जियमले रोमानियालाई हरायो ★   टर्कीलाई हराउँदै पोर्चुगल युरो कपको अन्तिम १६ मा प्रवेश ★   टी–२० विश्वकपः बंगलादेशलाई हराउँदै भारत सेमिफाइनलको दौडमा बलियो ★   चीनले १७ जना नेपाली विद्यार्थीको नि:शुल्क मुटु उपचार गर्ने ★   उपप्रधानमन्त्री महासेठद्वारा निर्माणाधीन मुग्लिन–पोखरा सडक अनुगमन ★   पनौतीमा देवताबीच यौनिकता दर्शाई हिलेजात्रा सम्पन्न ★   जब सभामुख घिमिरेसँग विद्यार्थीले संसदीय मर्यादाको कुरा गरे…

कांग्रेसले लियो यस्तो एक्सन, पार्टी कार्यकर्तामा खुसीयाली



काठमाडौं । नेपाली कांग्रेसको अनुशासन समितिले स्थानीय तह प्रदेश र संघीय संसदको निर्वाचनमा पार्टीविरुद्ध बागी उम्मेद्वार दिने र तिनका प्रस्तावक तथा सर्मथकलाई साधरण सदस्यतासमेत नरहने गरी हटाएको छ । चुनावमा अन्तर्घात गरेका आरोपमा २५ जिल्लाका १८३ जनालाई पार्टीको अभिलेखमा नरहने गरी हटाएको हो । २०७४ सालमा सम्पन्न स्थानीय तह, प्रदेश सभा एवं संघीय संसदको निर्वाचन सम्पन्न भएको थियो । कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३४ को उपधारा ४ (क) बमोजिम कारवाही भएकाले पार्टीको केन्द्रीय अनुशासन समितिको मंगलबार बसेको बैठकले उनीहरूलाई कारबाही गरेको हो ।

सबैभन्दा बढी तराईका जिल्लाबाट निष्कासित

पार्टीबाट निष्कासित हुने नेता तथा कार्यकर्तामा सबैभन्दा बढी तराई–मधेसका जिल्लाका छन् । जसमा पर्साबाट ३२, दाङ र रुपन्देहीबाट २२–२२, बाँकेबाट ११, चितवनबाट १३, धनुषाबाट १०, झापाबाट ७ जना छन् । यस्तै, कम निष्कासन हुनेमा संखुवासभा, रसुवा, पाँचथर, मोरङ, नवलपरासी, कास्की रहेका छन् ।

यी जिल्लाबाट एक–एक जना मात्र निष्कासित भएका छन् । इलामबाट ४, कैलाली, रौतहट र सिराहाबाट २–२, कपिलवस्तु, सुनसरी र बाराबाट ३–३, पाल्पा ४, सुनसरी ३, लम्जुङबाट ५ जना निष्कासनमा परेका छन् । काठमाडौंबाट १५, ललितपुरबाट ९ र ओखलढुंगाबाट ८ जना निष्कासनमा परेका छन् ।

लोकतान्त्रिक फोरमबाट उम्मेदवार बन्नेसमेत निष्कासनमा
कांग्रेससँग एकीकरण गरेको तत्कालीन लोकतान्त्रिक फोरमतर्फबाट उम्मेदवार बनेको भन्दै २ जना निष्कासित भएका छन् । पर्साको पटेर्वा सुगौला गाउँपालिका ५ नम्बर वडाबाट फोरम लोकतान्त्रिकको उम्मेदवार बनेका कांग्रेस कार्यकर्ता वैजनाथ प्रसाद महतोलाई पनि निष्कासन गरिएको छ ।

त्यस्तै, बाँकेको जानकी गाउँपालिका वडा १ को अध्यक्षमा लोकतान्त्रिक फोरमबाट उम्मेदवार बनेको भन्दै एनुलहक खाँलाई पनि निष्कासन गरेको समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।