१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्यार्थी पानी बोक्न बाध्य



अ+ अ-

डडेल्धुरा । डडेल्धुरा अमरगढी नगरपालिका–१० राईमा रहेको सहश्रलिङ्ग माध्यमिक विद्यालयमा केही महीना यतादेखि खानेपानीको चरम अभाव भएको छ । विद्यालयमा खानेपानीको अभाव हँुदा विद्यार्थीहरु दैनिक घरबाटै खानेपानी बोकेर ल्याउने गर्दछन् ।

विद्यालयमा खानेपानीको आपूर्ति हुँदै आइरहेको साउरोडा खानेपानी योजनाको मुहान सुकेपछि सहश्रलिङ्ग माध्यमिक विद्यालयमा खानेपानीको चरम अभाव भएको हो । विद्यालयमा खानेपानी आउन छाडेपछि पिउनका लागि बोतल तथा भाँडामा घरबाट नै भरेर कापीकिताबसित नै बोक्नुपर्ने बाध्यता रहेको उनीहरुको भनाइ छ ।

लामो समयको खडेरीका साथै जथाभावी सडक निर्माणका कारण मुहान सुकेपछि यस विद्यालयमा रहेका धारामा पानी आउँदैन । विद्यालयमा खानेपानीको चरम अभाव भएपछि विद्यार्थीहरुले घरबाटै खानेपानी बोकेर ल्याउने गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जोगराज ऐरले बताउनुभयो । गर्मीको मौसममा पानी बोकेर नल्याउँदा प्यासले पढ्न नसकिने र पढेको कुरा बुझ्न पनि ध्यान नजाने विद्यार्थीहरु बताउँछन् ।

खानेपानीको चरम अभाव हुँदा विद्यार्थीको पढाई प्रभावित हुनुका साथै शौचालय पनि दुर्गन्धित भएको विद्यालयका प्रधानाध्यापक शिवदत्त जोशीले बताउनुभयो । घरबाट ल्याएको पानी सकिएपछि विद्यार्थीहरु नजिकैका पसल वा विद्यालयदेखि घण्टौँको दुरीमा रहेको पँधेरामा पानी खान जाने गरेका छन् ।

कक्षा १२ सम्मको पढाइ हुने यस विद्यालयमा करीब चार सय जना विद्यार्थी अध्ययन गर्दछन् । अमरगढी नगरपालिकाका प्रमुख विश्वेश्वरप्रसाद ओझाले विद्यालयमा खानेपानीको आपूर्तिका लागि मुहानको खोजी भइरहेको बताउनुभयो ।