७ पुष २०८२, सोमबार
,
Latest
बंगलादेशलाई हेरौँ। मैले चुनौती दिएको होइन,आजसम्म नेपालीहरुले त्यत्रो १७ हजार मान्छे मर्दा पनि सहे महिला उद्यमी महासंघको अध्यक्षमा श्रेष्ठ सरकारले राजनीतिक दलका क्षतिग्रस्त कार्यालयको अनुगमन गर्ने सुदूरपश्चिम प्रदेशसभा बैठक पुस ११ मा जापानिज इन्सेफ्लाइटिस्बाट यस वर्ष ३५ जनाको मृत्यु अन्तरविद्यालय डिआइजिपी रनिङ फुटबलको तयारी पूरा ‘चियाको चुस्कीभन्दा चुनावी गफ मिठा’ सामुदायिक वनका उपभोक्ताहरुलाई आगो निभाउने सामग्री हामी आलोचनाको पात्र बनेका छौँ, तर देशका लागि सहन र भोग्न तयार छौँ: प्रधानमन्त्री कार्की यु–१९ गल्र्स बास्केटबल लिग उपाधि विजेता भ्याली पब्लिक टोली
तपाईं के खोज्दै हुनुहुन्छ ?

मार्सी धानमा विषादी प्रयोग नगर्न सुझाव



अ+ अ-

खलङ्गा । यहाँको मार्सी धानमा झारनाशक औषधि ‘ब्युटाक्लोर’ प्रयोग नगर्न कृषि विज्ञले सुझाव दिएका छन् । कृषि ज्ञान केन्द्र जुम्लाले सो विषादी प्रयोग नगर्न किसानलाई आग्रह गर्दै प्राङ्गारिक जिल्लाकै रुपमा पहिचान कायम गर्ने कार्यमा सघाउन किसानलाई आग्रह गरेको हो ।

लुकीछिपी धानबालीमा झारनाशक विषादी ब्युटाक्लोर प्रयोग भइरहेको गुनासो आएकाले कार्यालयले जनचेतनामूलक सूचना जारी गरिएको केन्द्रका प्रमुख डा तपेन्द्र शाहले जानकारी दिनुभयोे । ब्युटाक्लोरलगायतका रासायनिक विषादी प्रयोग गरेमा स्याउ, सिमीसहितका अन्य उत्पादनलाई अर्गानिक प्रमाणीकरण गर्न बाधा पर्ने भएकाले सूचना जारी गरिएको उहाँको भनाइ छ ।

ब्युटाक्लोर प्रयोग गर्दा मानव स्वास्थ्य, पशुपक्षी, माटो, जल तथा वातावरणमा प्रतिकूल प्रभाव पार्ने शाहले थप्नुभयो । औषधि नहालेर गोड्न ध्यान दिनुपर्ने उहाँको जोड छ । विसं २०६४ वैशाखमा भएको १४ औँ जिल्ला परिषद्ले जुम्ला जिल्लालाई अर्गानिक जिल्ला घोषणा गरेको थियो ।

लुकीछिपी ब्युटाक्लोरलगायतका रासायनिक विषादी प्रयोग भएको र बिक्री वितरण गरिएको जानकारी आएकाले किसानलाई सचेत गराउँदासमेत बढी मात्रामा प्रयोग भएको उहाँले बताउनुभयो । स्याउ, सिमीलगायतका अन्य कृषिजन्य उत्पादनको बजारीकरणका लागि पहल भइरहेका बेला रासायनिक विषादीको प्रयोगले किसानलाई नैं नोक्सानी हुने कृषि ज्ञान केन्द्र जुम्लाले जनाएको छ ।

किसानले धान बालीमा अत्यधिक रुपमा ब्युटाक्लोर प्रयोग गर्दा धान कुहिने रोगको समस्या देखिने उहाँको भनाइ छ । केन्द्रले बारम्बार ब्युटाक्लोर प्रयोग नगर्न किसानलाई आग्रह गरे पनि किसानले सूचनाको अटेर गरी आफ्नो मनोमानी धानमा ब्युटाक्लोर प्रयोग गर्दा पछि गएर धानको डाँट कुहिने समस्या देखिने गरेको जानकारी दिनुभयो ।

मार्सी धानसहित यहाँको अर्गानिक बालीको रासायनिक विषादीको विकल्प अर्गानिक जीवजन्तु तथा जैविक मल कारखानाको स्थापना गर्न लामो समयदेखि किसानले माग गर्दै आएका छन् ।