६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोपा अमेरिका –२०१९ : अभागि अर्जेन्टिना पराग्वेसँग बराबरीमा रोकियो



अ+ अ-

काठमाडौं । कोपा अमेरिका –२०१९ मा पराग्वेसँग अर्जेन्टिना बराबरीमा रोकिएको छ ।

समुह बी अन्तर्गत आज बिहान भएको दोस्रो खेलमा अर्जेन्टिना १–१ को बराबरीमा रोकिएको हो । पराग्वेका लागि रिर्चड सान्चेजले गोल गरेका थिए भने अर्जेन्टिनाको लागि स्टार खेलाडी लियोनल मेस्सीले एक गोल गरेका थिए ।

खेलको सुरुवातदेखि नै आक्रमक बनेको पराग्वले खेलको ३७ औं मिनेटमा अग्रता लिएको थियो । उसका लागि रिर्चड सान्चेजले गोल गरेका थिए । उनकै एक मात्रै गोलले पहिलो हाफ पराग्वे १–० ले अग्रता कायम गरेको थियो ।

दोस्रो हाफमा दुबै टिमले केहि आक्रमक खेल खेलेका थिए । खेलको ५७ औं मिनेटमा पराग्वेका खेलाडीले डिबक्स भित्र फल गरेपछि अर्जेन्टिनाले पेनाल्टी पाएको थियो । जसलाई मेस्सीले गोल पोष्टको दिशा दिलाएका थिए । मेस्सीकै गोल मार्फ खेलमा अर्जेन्टिनाले १–१ को बराबरीमा गर्यो ।त्यसपछि पनि दुबै टिम आक्रमक बनेपनि गोल हुन नसकेपछि दुबैले १–१ अकं बाढे ।

यो खेलसँगै पराग्वे २ खेलबाट २ अकं जोड्दै अकं तालिकाको दोस्रो स्थानमा रहेको छ । यता अर्जेन्टिना भने एक हार र एक बराबरीसँगै अंक तालिकाको पुछारमा रहेको छ ।

यसअधि अर्जेन्टिना कोलोम्बियासँग २–० ले पराजित भएको थियो भने पराग्वे कतारसँग २–२ को बराबरीमा रोकिएको थियो ।

अब अर्जेन्टिनाले असार ९ , सोमबार – मध्यरा १२:४५ बजे –  कतारविरुद्ध खेल्ने छ ।

भोलिका खेल

असार ६ , शुक्रबार – विहान ४:४५ बजे – उरुग्वे विरुद्ध जापान



अन्य खेलहरु
असार ७, शनिबार – विहान ४:४५ बजे – इक्वेडर विरुद्ध चिली
असार ८, आइतबार – मध्यरात १२:४५ बजे – बोलिभिया विरुद्ध भेनेजुएला
असार ८, आइतबार – मध्यरात १२:४५ बजे – ब्राजिल विरुद्ध पेरु
असार ९ , सोमबार – मध्यरा १२:४५ बजे – अर्जेन्टिना विरुद्ध कतार
असार ९, सोमबार – मध्यरात १२:४५ बजे – कोलोम्बिया विरुद्ध पराग्वे
असार १० , मंगलबार – विहान ४:४५ बजे – उरुग्वे विरुद्ध चिली
असार १०, मंगलबार – विहान ४:४५ बजे – इक्वेडर विरुद्ध जापान