१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

वडा कार्यालयको ताला प्रहरीले फुटायो



अ+ अ-

हेटौँडा । हेटौँडा उपमहानगरपालिका–७ मा स्थानीयवासीले लगाएको ताला प्रहरीले फुटाएको छ । वडा कार्यालय क्षेत्रमा रहेको नागस्वती उद्यान निर्माणका क्रममा आर्थिक हिनामिना भएको भन्दै स्थानीयवासीले तालाबन्दी गरेका थिए ।

उद्यान निर्माणका क्रममा आर्थिक हिनामिना गर्ने निर्माण समिति संयोजकलाई कारवाहीको माग गर्दै स्थानीयवासीले बुधबार २ बजे तालाबन्दी गरेको स्थानीय दिनेश गौतमले बताउनुभयो । तर प्रहरीले साँझ ५ः२० मा ताला फुटाएको थियो । प्रहरीले गौतमसहितका पाँच युवाको टोलीलाई वार्ताका लागि भन्दै प्रहरी इलाका प्रहरी कार्यालय लगेको जनाइएको छ । उनीहरुलाई इलाका प्रहरी कार्यालय पशुपतिनगर पु¥याइएको जनाएको छ ।

सयौँको सङ्ख्यामा वडा कार्यालय पुगेका स्थानीयवासीले वडाध्यक्ष राजन थापासँग दोषीलाई कारवाहीको माग गरेका थिए । निर्माण समिति संयोजक नवराज खतिवडा छलफलमा नआएपछि स्थानीयवासीले तालाबन्दी गरेको जनाइएको छ । तालाबन्दीपछि वडा कार्यालयमा प्रहरीको टोली पुगेको थियो ।