१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

शेखर कोइरालाको टिम घोषणा, को-को छन् पदाधिकारीमा उम्मेदवार ?



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत संस्थापनइतर समूहमा साझा उम्मेदवारमा सहमति हुन नसकेपछि रामचन्द्र पौडेलले नेतृत्व गरेको समूहबाट डा. शेखर कोइरालाको टिम मैदानमा उत्रिने भएको छ ।

यद्यपी पौडेलले भने शेखर र प्रकाशमान कसैको पक्षमा समर्थन जनाएका छैनन् । 

शेखरको टिमबाट उपसभापतिमा चन्द्र भण्डारी र धनराज गुरुङ उम्मेदवार बनेका छन् भने महामन्त्रीमा डा. मिनेन्द्र रिजाल र गगन थापा उम्मेदवार बनेका छन् ।

यो समूहमा सहमहामन्त्रीमा दलिततर्फ जीवन परियार, महिलातर्फ कमला पन्त, मधेशी तर्फ रामकृष्ण यादव रहेका छन् ।

यस्तै, थारुतर्फ टिएल चौधरी, पिछडिएको क्षेत्रबाट बद्री पाण्डे, जनजातितर्फ विकास लामा र खसआर्यबाट देवराज चासिले सहमहामन्त्रीका उम्मेदवार बनेका छन् ।