काठमाडौं । कांग्रेसको संस्थापन इतर समूहका सभापति उम्मेदवार डा. शेखर कोइरालालाई बरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा. शशांक कोइरालाले समर्थन गरेका छन् ।
डा.शेखरको प्यानल नै शशांक निवासमा बसेको स्रोतले जनाएको छ ।
प्रकाशमान सिंह सभापतिबाट ब्याक नभएपछि संस्थापन इतर समूहको साझा उम्मेदवार शेखर बनेका हुन् ।
उनको प्यानल नै एकैपटक बाल्मिकी क्याम्पसबाट र्यालीसहित उम्मेदवारी दर्ता गराउने जान लागेको बताइएको छ ।