७ पुष २०८२, सोमबार
,
Latest
बंगलादेशलाई हेरौँ। मैले चुनौती दिएको होइन,आजसम्म नेपालीहरुले त्यत्रो १७ हजार मान्छे मर्दा पनि सहे महिला उद्यमी महासंघको अध्यक्षमा श्रेष्ठ सरकारले राजनीतिक दलका क्षतिग्रस्त कार्यालयको अनुगमन गर्ने सुदूरपश्चिम प्रदेशसभा बैठक पुस ११ मा जापानिज इन्सेफ्लाइटिस्बाट यस वर्ष ३५ जनाको मृत्यु अन्तरविद्यालय डिआइजिपी रनिङ फुटबलको तयारी पूरा ‘चियाको चुस्कीभन्दा चुनावी गफ मिठा’ सामुदायिक वनका उपभोक्ताहरुलाई आगो निभाउने सामग्री हामी आलोचनाको पात्र बनेका छौँ, तर देशका लागि सहन र भोग्न तयार छौँ: प्रधानमन्त्री कार्की यु–१९ गल्र्स बास्केटबल लिग उपाधि विजेता भ्याली पब्लिक टोली
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंबाट विप्लवका ५ नेता पक्राउ



अ+ अ-

काठमाडौं । सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका पाँच नेताहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दोलखा जिल्ला इन्चार्ज यादव दाहाल, सचिव निशान जिरेल, अखिल क्रान्तिकारीका ताम्सालिङ इन्चार्ज मुकुन्द, उदयपुर जिल्ला इन्चार्ज विकास र रामेछाप जिल्ला इन्चार्ज कुलदीप तामाङ रहेका छन् ।

महानगरीय अपराध महाशाखाका अनुसार काठमाडौंका विभिन्न स्थानबाट उनिहरुलाई बुधबार पक्राउ गरिएको हो ।

पक्राउ परेका सबैजना राजधानी काठमाडौंका विभिन्न स्थानमा संगठन विस्तारका कार्य गरिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीको भनाई छ । उनिहरुलाई हातहतियार तथा खरखजना र राज्यद्रोहको मुद्दा लगाउने प्रहरीले जनाएको छ ।