६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

बार्सिलोनामा रहन्छु कि रहन्न थाहा छैन, अहिले म देशका लागि खेल्न केन्द्रित छु : कौटिन्हो



अ+ अ-

काठमाडौं । इङ्लिस प्रिमियर फुटबल क्लब लिभरपुलबाट बार्सिलोना आएका फिलिप कौटिन्होको खेल जिवन डामाडोल बनेको छ। लिभरपुलमा हुँदा उत्कृष्ट खेल खेलिरहेका कौटिन्हो बार्सिलोनामा आएपछि एका एक खराव लयमा देखिन थाले ।

उनको खेल्ने शैली प्रशिक्षक एर्नेस्टो भालभेर्डेले नबुझदा प्रदर्शन सोचे अनुरुप भएन । कल्बमा उनीमात्रै असफल भने भएका थिएनन् । भालभेर्डे कै कारण स्पेनिस ला लिगाको उपाधि जितेको बार्सिलोना च्याम्पियन्स लिग र कोपा डेल रेको उपाधिबाट बन्चित भएको थियो । तर यति बेला भालभेर्डेको भन्दा बढि आलोचना कौटिन्होको भइरहेको छ । कल्बले उनलाई बेच्ने कुरा पनि बेलाबेला चलिरहेको छ । उक्त कुरालाई कौटिन्होले स्विकार गरेका छन् । उनले क्लबमा आफ्नो भविश्ष्य अनिश्चित रहेको बताएका छन् ।

कोपा अमेरिका खेलिरहेका काउटिन्होले भनेका छन्, ‘बार्सिलोनामा रहन्छु कि रहन्न थाहा छैन । भविश्ष्यबारे कसैलाई थाहा हुन्न । अहिले म देशका लागि खेल्न केन्द्रित छु ।’

पछिल्लो समय काउटिन्होलाई पेरिस सेन्ट जर्मेन पठाएर नेयमार बार्सिलोना आउने चर्चा पनि चलेको छ । इंग्लिस क्लबहरुले पनि काउटिन्होप्रति चासो देखाएका छन् । तर २७ वर्षे फुटबलरले म्यानचेष्टर युनाइटेड आउने सम्भावना अस्वीकार गरेका छन् ।

बार्सिलोनाले कौटिन्होलाई भित्र्याउन १४२ मिलियन पाउण्ड तिरेको थियो । लिभरपुलले कौटिन्होको ट्रान्सफर क्लउज ३५५ मिलियन पाउण्ड राखेको थियो । बार्सिलोनासँग आबद्द भएपछि कौटिन्हो विश्वको दोस्रो महँगो खेलाडी बनेका थिए । विश्वको महंगा खेलाडी फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) ब्राजिलियन फरवार्ड नेयमार हुन् ।

कौटिन्हो सन् २०१३ को जनवरीमा लिभरपुल आएका थिए । लिभरपुलले कौटिन्होलाई इन्टर मिलानबाट ८.५ मिलियन पाउण्डका क्लब भित्र्याएको थियो ।