७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकाले ड्रोन खसालेको इरानको दाबी



अ+ अ-

तेहरान । इरानको दक्षिणी प्रान्त होर्मोज्गानमा अमेरिकी जासुसी मानवरहित विमान (ड्रोन)लाई इरानको इस्लामिक रेभोलुसन गार्डस् कोर्पस्ले खसालेको राज्यद्वारा सञ्चालित सञ्चार माध्यम (इर्ना)ले जनाएको छ ।

इरानका मोबाराक पहाडी इलाकाको हवाई क्षेत्रमा प्रवेश गरेको अमेरिकी आरक्यु ४ ग्लोबल हक नाम गरेको जासुसी ड्रोनलाई खसालेको जनाइएको छ ।