६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुठी विधेयक फिर्ता गर्नु बहादुरी होइन : गच्छदार



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेस, संसदीय दलका उपनेता विजयकुमार गच्छदारले संविधानको मर्म र भावना विपरित सरकारले विधेयकहरु ल्याउन खोजेको आरोप लगाएका छन् ।

विनियोजन विधयेकमाथि संसदमा जारी छलफलमा भाग लिँदै गच्छदारले संविधानको साझा दस्ताबेज कमजोर बनाउन प्रधानमन्त्री नै लागि रहेको भन्दै उनले गलत विधेयक ल्याएकोमा प्रधानमन्त्रीले नैतिक जिम्मेवारी लिनुपर्ने बताए ।

उनले भने, ‘जनताले आन्दोलन गरेपछि सरकारले गुठी विधेयक फिर्ता लियो । विधेयक ल्याउनु अगाडि त्यसबारे गृहकार्य गर्नुपर्थ्यो कि पर्दैनथ्यो ?’

सरोकारबाला, विपक्षीसँग छलफल परामर्श नभएको भन्दै उनले भने, यतिकै भनिदिने गुठी विधेयक ल्यायौं, फिर्ता गर्‍यौं । फिर्ता गर्नु बहादुरी होइन । गल्ती विधेयक ल्याएकोमा प्रधानमन्त्रीले नैतिक जिम्मेवारी लिनुपर्छ, राजीनामा दिन पनि तयार हुनुपर्छ ।’