६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘काँग्रेसले गुठी विधेयकको विरोध गर्न लगाएर किसानका छोराछोरीको गाँसबाँस खोस्ने काम गर्यो’



अ+ अ-

काठमाडौं । सत्तारुढ दल नेकपाका सांसद गंगा चौधरीले नेपाली काँग्रेसले गुठी विधेयकका बारेमा भ्रम फैलाउने काम गरेको आरोप लगाएकी छन् ।

प्रतिनिधिसभाको विहिबारको बैठकको विशेष समयमा बोल्दै उनले विधेयकका बारेमा भ्रामक प्रचार गरि चौतर्फी विरोध गर्न लगाएर काँग्रेसले किसानका छोराछोरीको गाँसबाँस खोस्ने काम गरेको दाबी पनि गरिन् ।

उनले गुठी विधेयक फिर्ताले गुठी पीडित किसानको भावनामा ठुलो ठेस पुगेको दावी समेत गरिन् ।


‘गहभरी आँसु लिएर ठेला परेका हात, चिरा परेका खुट्टा, खाना नखाई भोकभोकै खुल्ला मैदानबाट लाखौ गुठी पीडित भूमिहिन किसान भन्दै थिए ‘‘सरकार तिमीलाई धन्यवाद छ आज हाम्रो निम्ति कम्युनिष्ट सरकार छ ।’’