१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

सनम शाक्य हत्याकाण्ड : विराटनगरका तीन न्यायाधीशलाई कारबाही गर्ने न्याय परिषद्को निर्णय



अ+ अ-

काठमाडौं । न्याय परिषद्ले उच्च अदालत विराटनगरका तीन न्यायाधीशलाई कारबाही गर्ने निर्णय गरेको छ । परिषद्का अनुसार न्यायाधीश थीरबहादुर कार्की, उमेशकुमार सिंह र साधुराम सापकोटालाई कारबाही गर्ने निर्णय गरिएको हो ।

परिषद्का अनुसार न्यायाधीश थीरबहादुर कार्की, उमेशकुमार सिंह र साधुराम सापकोटालाई कारबाही गर्ने निर्णय गरिएको हो ।

उनिहरुले करिब ४ हजार किलो सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या घटनाका आरोपीलाई धरौटीमा रिहा गर्न आदेश दिएको भन्दै कार्की र सिंहलाई ७ दिनभित्र सफाई पेश गर्न पत्र काटिएको परिषद् स्रोतले जनाएको छ । यस्तै आरोपितलाई न्यून धरौटीमा छोडेको आरोपमा अनुसन्धानको घेरामा तानिएका न्यायाधीश सापकोटालाई न्यायपरिषद्ले सचेत गराउन नपर्ने कारणसहित स्पष्टीकरण दिन पत्र काटेको छ ।

तत्कालिन मुख्य न्यायाधीश कुलरत्न भुर्तेलसहित न्यायाधीश सारंगा सुवेदी, उमेशराज पौडेल, नागेन्द्रलाभ कर्ण र जनक पाण्डेको मुद्दा भने हाललाई तामेलिमा राख्ने निर्णय भएको परिषद् स्रोतले जनाएको छ ।

सुन तस्करी र शाक्य हत्या घटनामा इमान्दारीपूर्वक कर्तब्य पालन नगरेको उजुरीपछि उच्च अदालत विरटनगरका ८ न्यायाधीशलाई न्यायपरिषद्मा तानेर अनुसन्धान गरेको थियो ।