६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

सनम शाक्य हत्याकाण्ड : विराटनगरका तीन न्यायाधीशलाई कारबाही गर्ने न्याय परिषद्को निर्णय



अ+ अ-

काठमाडौं । न्याय परिषद्ले उच्च अदालत विराटनगरका तीन न्यायाधीशलाई कारबाही गर्ने निर्णय गरेको छ । परिषद्का अनुसार न्यायाधीश थीरबहादुर कार्की, उमेशकुमार सिंह र साधुराम सापकोटालाई कारबाही गर्ने निर्णय गरिएको हो ।

परिषद्का अनुसार न्यायाधीश थीरबहादुर कार्की, उमेशकुमार सिंह र साधुराम सापकोटालाई कारबाही गर्ने निर्णय गरिएको हो ।

उनिहरुले करिब ४ हजार किलो सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या घटनाका आरोपीलाई धरौटीमा रिहा गर्न आदेश दिएको भन्दै कार्की र सिंहलाई ७ दिनभित्र सफाई पेश गर्न पत्र काटिएको परिषद् स्रोतले जनाएको छ । यस्तै आरोपितलाई न्यून धरौटीमा छोडेको आरोपमा अनुसन्धानको घेरामा तानिएका न्यायाधीश सापकोटालाई न्यायपरिषद्ले सचेत गराउन नपर्ने कारणसहित स्पष्टीकरण दिन पत्र काटेको छ ।

तत्कालिन मुख्य न्यायाधीश कुलरत्न भुर्तेलसहित न्यायाधीश सारंगा सुवेदी, उमेशराज पौडेल, नागेन्द्रलाभ कर्ण र जनक पाण्डेको मुद्दा भने हाललाई तामेलिमा राख्ने निर्णय भएको परिषद् स्रोतले जनाएको छ ।

सुन तस्करी र शाक्य हत्या घटनामा इमान्दारीपूर्वक कर्तब्य पालन नगरेको उजुरीपछि उच्च अदालत विरटनगरका ८ न्यायाधीशलाई न्यायपरिषद्मा तानेर अनुसन्धान गरेको थियो ।