६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

बंगलादेशविरुद्द वार्नरको अर्ध शतक, फिन्च पनि नजिक



अ+ अ-

काठमाडौं । विश्वकप क्रिकेटमा अष्ट्रेलियाका डेभिड वार्नरले बंगलादेशविरुद्द अर्ध शतक पूरा गरेका छन् । वार्नरले ५९ बलमा ४ चौका र २ छक्का हान्दै ५३ रन बनाएका हुन् ।

यता कप्तान आरोन फिन्च पनि अर्ध शतक नजिक रहेका छन् । उनले ६१ बलमा ४ चौका र २ छक्का हान्दै ४३ रन बनाएका छन् ।

यो समाचार तयार पार्दासम्म अष्ट्रेलिया बिाम विकेटको क्षतिमा १७ ओभरमा १०१ रन बनाएर खेलिरहेको छ ।

बंगलादेश र अस्ट्रेलियाले जारी विश्वकपमा छैटौं खेल खेल्दैछन् । यसअघि पाँच खेलमा चार जित र एक हार खेपेको अस्ट्रेलिया तालिकाको दोस्रो स्थानमा छ । दुई जित, दुई हार र एक खेल अनिर्णित नतिजा निकालेको बंगलादेश पाँच अंक सहित पाँचौं स्थानमा छ ।

बंगलादेशले दक्षिण अफ्रिका र वेष्ट इन्डिजसँग जित निकाल्दा न्युजिल्यान्ड र इंग्ल्यान्डसँग भने हार ब्यहोरेको छ । यता, अफगानिस्तान, वेष्ट इन्डिज, श्रीलंका र पाकिस्तानलाई पराजित गरेको अष्ट्रेलिया भारतसँग भने हारेको थियो ।

पाँच पटक विश्वकपको उपाधि जितेको अस्ट्रेलिया निकै बलियो र शसक्त टोली हो । बंगलादेशले अहिलेसम्म क्वार्टरफाइनलभन्दा माथि जान सकेको छैन । अस्ट्रेलियाले पहिलो संस्करणदेखि विश्वकप खेलिरहेको छ । बंगलादेशको यो छैटौं सहभागिता हो । यी दुई टोलीबीच विश्वकपमा यसअघि भएको भिडन्तमा अस्ट्रेलिया बलियो देखिएको छ ।

यी दुई टोली विश्वकपमा तीन पटक भिडेका छन् । जसमा दुई खेलमा अस्ट्रेलियाले जितेको छ । एक खेल हारेको छ ।

अष्ट्रेलिया टिम

आरोन फिन्च (कप्तान), स्टिभन स्मिथ, डेभिड वार्नर, ग्लेन म्याक्श्वेल, जासन बेहरेन्डोरफ, नाथन कउल्टर नाइल, उस्मान खावजा, साउन मार्स, केन रिचार्डसन, मिचेल स्टार्क, एलेक्स क्यारी, पट कुम्मिन्स, नाथन लियोन, मार्कुस स्टोइनिस र एडम जाम्पा ।

बंगलादेश टिम

मश्रफे मोरटजा (कप्तान), अबु जायद, लिटोन दास, महमुदुल्लाह, मेहिदी हसन, मोहम्मद मिथुन, मोहम्मद सइफुदिन, मोसदक हुसेन, मुश्फिक्यर रहिम, मुस्ताफिजुर रहमान, रुबेल हुसेन, सबिर रहमान, शकिब अल हसन, सौम्या सरकार, तमिम इकबल ।