६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोपा अमेरिका : भोली एसियाली पावर हाउस जापानले उरुग्वेविरुद्ध खेल्दै, मेस्सी दोस्रो पटक मैदान उत्रदैं



अ+ अ-

काठमाडौं । कोपा अमेरिका २०१९ अन्र्तगत समूह समूह ‘सी’ मा भोली एसियाली फुटबलको पावर हाउस भनेर चिनिने जापानले दोस्रो खेल उरुग्वे विरुद्ध खेल्ने भएको छ ।

नेपाली समय अनुसार बिहान ४ः४५ बजे सुरु हुने खेलमा जापान पहिलो जितको खोजीमा हुनेछ । २० वर्षपछि दक्षिण अमेरिकी फुटबलमा पmर्केको जापानले यस बर्षको उपाधि दाबेदार मानिएको उरुग्वेसँग खेल्दै दोस्रो खेल खेल्दैछ । उरुग्वे यसपाली उच्च लयमा देखिएको छ । पहिलो खेलमा उरुग्वेले इक्वेडरलाई ४–० गोलले पराजित गरेको थियो । यता जापान भने चिलीसँग ४–० गोलले नै पराजित भएको थियो ।


उरुग्वे अनुभवी खेलाडीहरुले भरिएको छ । निकोलास लोडेरिया, इडिसन काभानी र लुइस स्वारेज जस्ता प्रभावशाली खेलाडीको सामना गर्नु नै जापानको लागि चुनौति हुनेछ । उता जापानसँग पनि सिन्जी ओकाजाकी, गोलकिपर आइजी कावाशिमा र गाबु शिवान्स्की जस्ता खेलाडी रहेका छन् ।

यता केही दिनअघि मात्र रियल मड्रिडमा अनुबन्ध भएका जापानिस मेसीको रुपमा चर्चित ताकेफुसो कुबो पनि हेर्न लायक खेलाडीका रुपमा गनिएका छन् ।

यस समूहमा उरुग्वेले पहिलो खेल जित्दै ३ अंक जोडिसकेको छ। यता चिलीले पनि ३ अकं जोडेको छ । जापान र इक्वेडरले प्रतियोगितामा खाता खेल्न सकेका छैनन् ।

कूल १२ टिम सहभागी रहेको कोपा अमेरिका फुटबल प्रतियोगिता अन्तर्गत समूह ख मा अर्जेन्टिना सहित कोलम्बिया, पाराग्वे र कतार रहेका छन् । समूह क मा भने ब्राजिल, पेरु, भेनेजुएला र बोलिभिया तथा समूह ग मा उरुग्वे, चिली, जापान र इक्वेडर रहेका छन् ।

कोपा अमेरिका फुटबल प्रतियोगिता यो सहित ब्राजिलमा पाँचौं पटक हुँदैछ ।