६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप क्रिकेट : वार्नरको शतकीय पारीले अस्ट्रेलियाले बंगलादेशलाई हरायो



अ+ अ-

काठमाडौं । विश्वकप क्रिकेटमा प्रारम्भिक ब्याट्सम्यान डेभिड वार्नरले १६६ रनको शतकीय पारी खेलेपछि अस्ट्रेलियाले बंगलादेशलाई ४८ रनले पराजित गरेको छ।

बिहीबार भएको खेलमा अस्ट्रेलियाले दिएको ३८२ रनको विशाल योगफल पछ्याएको बंगलादेशले पूरै ५० ओभर खेल्दै आठ विकेट गुमाएर ३३३ रन मात्र बनाउन सक्यो। बंगलादेशका मुस्फिकुर रहिमले शतकीय पारी खेले। उनले ९६ बलमा एक छक्का र ९ चौकाको मद्दतमा १०२ रन बनाए। यसैगरी, महमोदुल्लाह महमोदुल्लाहले ६९, तमिम इक्वालले ६२, सकिब अल हसनले ४१, लिटन दासले २० र सौम्य सरकारले १० रन बनाए।

अस्ट्रेलियाका नाथन कल्टर नाइल, मिचेल स्टार्क र मार्कस स्टोइनिक्सले दुई विकेट लिए।

यसअघि नटिङ्घमस्थित ट्रेन्ट ब्रिजमा टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित ५० ओभरमा पाँच विकेट गुमाएर ३८१ रनको विशाल योगफल खडा गरेको थियो। अस्ट्रेलियाका लागि प्रारम्भिक ब्याट्सम्यान डेभिड वार्नरले शतकीय पारी खेले। उनले १६६ रन बनाए।

यसैगरी उस्मान ख्वाजा र कप्तान एरोन फिन्चले पनि अर्धशतकीय पारी खेले। ख्वाजाले ७२ बलमा १० चौकाको मद्दतमा ८९ र फिन्चले ५१ बलमा दुई छक्का र पाँच चौकाको मद्दतमा ५३ रन बनाए। यस्तै ग्लेन म्याक्सवेलले ३२, मार्कस स्टोइनिक्सले १७ र एलेक्स क्यारीले ११ रन बनाए।

बंगलादेशका सौम्य सरकारले तीन विकेट लिए। यस्तै मुस्ताफिजुर रहमानले एक विकेट हात पारे।

आफूले खेलेका ६ खेलमध्ये अस्ट्रेलिया एक खेलमा मात्र पराजित भएको छ। अस्ट्रेलियालाई भारतले ३६ रनले हराएको थियो। अस्ट्रेलियाले अफगानिस्तान, वेस्ट इन्डिज, पाकिस्तान र श्रीलंकालाई पराजित गरेको थियो। बंगलादेशले भने अघिल्ला पाँचमध्ये दुई खेलमा जित हात पारेको छ। दुई खेलमा पराजय भोगेको बंगलादेशको एउटा खेल भने वर्षाका कारण रद्द भएको थियो। बंगलादेशले दक्षिण अफ्रिका र वेस्ट इन्डिजलाई हराएको थियो भने न्युजिल्यान्ड र आयोजक इङ्ल्यान्डसँग हार भोगेको थियो। बंगलादेश र श्रीलंकाबीचको खेल वर्षाका कारण रद्द भएको थियो।