६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

“खडुस बुढ्डे” अभिताभ बच्चनको यस्तो लुक्स सार्वजनिक



अ+ अ-

बलिउडका चर्चित अभिनेता अभिताभ बच्चन र नायक आयुष्मान खुरानाको नयाँ फिल्म ‘गुलाबो सिताबो’को फर्स्ट लुक सार्वजनिक भएको छ । हाल भारतको लखनाउमा छायांकन भइरहेको यो फिल्मलाई सुजित सरकारले निर्देशन गरिरहेका छन् ।

अमिताभले आफ्नो ट्विटरबाट सार्वजनिक गरेको तस्विर हेर्दा जो कोहीलाई पनि अभिताभलाई चिन्न गाह्रो हुन्छ । लामो र सेतो दाह्री, आखाँमा गोलो चश्मा, गलबन्दी ओडेको तस्वीरमा अमिताभलाई भिन्न रुपमा देखाइएको छ ।

भारतीय संचार माध्यमहरुका अनुसार यो फिल्म कमेडि बेसमा बन्नेछ । यसमा अमिताभ खडुस बुढाको रुपमा देखाइनेछ ।

केही समय अगाडि अन्तरवार्तामा अभिताभले भनेका थिए– ‘छिट्टै नयाँ चलचित्र, नयाँ लुक्स, नयाँ कथा र नयाँ प्रस्तुती लिएर आउनेछु ।’ त्यसलाई सार्थक बनाउनको लागि अभिताभले आफ्नो लुक्समा धेरै मिहिनेत गरेको देखिन्छ ।