२० जेष्ठ २०८३, बुधबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

नामधारी कम्युनिष्ट सरकारले ल्याएको बजेट धान्य कर्मकाण्डी खालको मात्र हो : भट्टराई



अ+ अ-

काठमाडौं । अर्थमन्त्रीसमेत भइसकेका पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले आगामी आर्थिक वर्ष २०७६/७७ को बजेट पञ्चायतदेखिकै निरन्तरता भएको आरोप लगाएका छन् ।

संसदमा भइरहेको बजेट माथिको छलफल सभामा बोल्ने क्रममा भट्टराईले केबल परम्परा धान्य कर्मकाण्डी खालको मात्र आएको टिप्पणी गरेका छन् ।

सभामा भट्टराईले पञ्चायत कालदेखि अहिले गणतन्त्रात्मक राज्य सञ्चालन प्रणालीमा आइपुगिसक्दा समेत बजेटको ढाँचा परिवर्तन हुन नसकेको बताए ।

भट्टराईले दुईतिहाई बहुमत सहितको नामधारी कम्युनिष्ट सरकारले ल्याएको बजेटले आर्थिक छलाङ्ग मार्ने खालको बजेट ल्याउन नसकेको समेत आरोप लागाए । मुलुकको आर्थिक सम्बृद्धिमा ठूलो छलाङ्ग मार्ने अपेक्षा गरिएपनि बजेटपछि त्यो निराशामा परिणत भएको बताएका छन् ।

सात प्रतिशतको आर्थिक वृद्धि केही वर्षदेखि पानी परेर कृषि उपजको उत्पादन बढेको र भूकम्पपछिको पुनर्निर्माणले पनि वृद्धिलाई टेवा दिएकोले यसलाई सन्तोषजनक मान्न नहुने उनले बताए।

‘इन्द्र भगवानको कृपाले केही वर्षदेखि पानी परेर कृषि उपजको उत्पादन बढेको छ,’ प्रतिनिधिसभा संसदमा शुक्रबार विनियोजन विधेयकमाथि छलफलमा भट्टराईले भने, ‘भूकम्पपछिको पुनर्निर्माणले पनि केही वृद्धि देखिएको हो। दोहोरो आर्थिक वृद्धि नभएसम्म सन्तोषजनक मान्नु हुन्न।’

यसैसमयमा डा.भट्टराईले सरकारलाई सुझाव दिने क्रममा आर्थिक सम्वृद्धिका लागि कृषि क्षेत्रलाई प्राथमिकता दिनु पर्ने बताए । कृषि, पर्यटन तथा भौतिक पुर्वाधार विकास विना आर्थिक सम्वृद्धि नआउनको उनको भनाई रहेको छ ।