६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति र प्रधानमन्त्रीको फोटो देखाउँदै सञ्चारमन्त्रीले सोधे : हाम्रो स्वतन्त्रता यही हो ?



अ+ अ-

काठमाडौं । शुक्रबार संसदको विकास तथा प्रविधिमा सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल थियो ।

छलफलका क्रममा केही सांसदले व्यक्तिगत स्वतन्त्रतामाथि हस्तक्षेप गर्ने मनसायले सरकारले सूचना प्रविधिसम्बन्धी विधेयक ल्याएको आरोप लगाए ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिमा मोबाइल निकाले र सांसदहरूलाई एउटा स्क्रिट देखाए।

जसमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको फोटो जोडिएको थियो। ‘मलाई भन्न अप्ठेरो लाग्छ, पढ्न अप्ठ्यारो लाग्छ’ भन्दै बास्कोटाले स्क्रिनसर्टमा लेखिएको क्याप्सन पढे ।

‘हजुरलाई केपी ओली र म भएर षड्यन्त्रपूर्वक हत्या गरेका हौं। त्यही भएर केपी ओली प्रधानमन्त्री र म राष्ट्रपति भएको छु। हजुरले चिन्ता गर्नु पर्दैन। हजुरको अभावको पूर्ति केपी ओलीले गर्नुभएको छ। हजुरको षड्यन्त्रपूर्वक हत्या गरेकोमा मलाई माफ गर्नुहोला।’

उनि यतिमै रोकिएनन उनले फेरि थपे– ‘के भन्नुहुन्छ ? हाम्रो सभ्यता र हाम्रो स्वतन्त्रता यही हो ? नजानेको व्यक्तिले यो भाषा लेख्या होइन । यस्ता दशौं छन् मसंग । देउवाजीको बारेमा पनि छ’ बाँस्कोटाले भने ।