१९ भाद्र २०८३, शुक्रबार
,
Latest
श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

फर्नान्डो टोरेसले फुटबलबाट सन्यास लिए



अ+ अ-

काठमाडौं । स्पेनका विश्वकप विजेता खेलाडी फर्नान्डो टोरेसले फुटबलबाट सन्यास लिएका छन् । उनले सामाजिक संजालमा ट्वीट गर्दै आफुले सन्यास लिएको जानकारी दिएका हुन् ।


हाल जापानको लिगमा सागन टोसु क्लबबाट खेलिरहेका ३५ वर्षका टोरेसले एथ्लेटिको मड्रिड, लिभरपुल, चेल्सी जस्ता क्लबमा फुटबलको १८ वर्ष बिताए ।

‘१८ वर्षको रमाइलो समयपछि अब फुटबलबाट टाढिने बेला आएको छ’ उनले ट्वीट गर्दै भनेका छन् । उनले आइतबार पत्रकार सम्मेलन गरेर सबै कुरा बताउने उल्लेख जनाएका छन् ।

स्पेनको राष्ट्रिय टिमबाट ११० खेल खेलेका टोरेस २००८ को युरोकप, २०१० को विश्वकप र २०१२ को युरोकप जित्दा स्पेन टिममा महत्वपूर्ण खेलाडी थिए । उनले स्पेनका लागि ३८ गोल गरेका छन् ।