६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

आपराधिक घटनालाई आधा घटाउने अफ्रिकी राष्ट्रपतिको घोषणा



अ+ अ-

केप टाउन । दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसाले आगामी एक दशकभित्रै दक्षिण अफ्रिकामा हिंसात्मक अपराधका घटनामा कम्तीमा आधा घटाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।


राष्ट्रपति रामाफोसाले मङ्गलबार संसदको विशेष सत्रमा सम्बोधन गर्दै सरकारको यस अभियानमा सहयोग गर्न सबैसँग आग्रह गर्नुभयो । उहाँले सामाजिक समस्यासँग जुध्न राष्ट्रव्यापी अभियान नै आवश्यक रहेकामा जोड दिनुभयो ।राष्ट्रपतिमा गत मे महिनामा पुनः निर्वाचित भएपछि यो उहाँको संसदमा पहिलो सम्बोधन हो ।


दक्षिण अफ्रिकी आधिकारिक विवरण अनुसार सन् २०१७ को अप्रिलदेखि २०१८ को अप्रिलको एक वर्षको अवधिमा अघिल्लो वर्षको तुलनामा व्यक्तिसँग जोडिएका हिंसात्मक घटनामा ५ प्रतिशत वृद्धि भई १६ लाख पुगेको देखिएको छ ।

आपराधिक हिंसाका घटनामा कमी ल्याउन रामाफोसाले प्रहरीको संख्या वृद्धि गरिने बताउनुभयो । उहाँले प्रहरी सेवामा विद्यार्थीहरुलाई सहभागी गराइने, हिंसात्मक घटना न्यूनीकरणका लागि नागरिकको सहभागिता बढाइने, प्रहरी अनुसन्धानको सफलता दर वृद्धि गर्ने तथा अपराधीमाथि कडाईका साथ कारबाही गरिने बताउनुभयो ।

उहाँले महिलामाथि हुने हिंसात्मक घटनामा कमी ल्याउने उपायको खोजी गर्न रणनीतिक योजना ल्याइने तथा उच्चस्तरीय एक परिषद गठन गरिने बताउनुभयो ।राष्ट्रपति रामाफोसाले लागूऔषधको कारोबारलाई निस्तेज तुल्याउन विशेष कार्यबाही अघि बढाउने पनि घोषणा गर्नुभयो ।