१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

देउवाको प्यानलः उपसभापतिमा खड्का र गच्छदार, महामन्त्रीमा महत र पौडेल



अ+ अ-

काठमाडौं । शेरबहादुर देउवाको टिम फाइनल भएको छ । देउवाले आफ्नो प्यानलबाट उपसभापतिमा पूर्णबहादुर खड्का र विजय कुमार गच्छदारलाई उठाउने भएका छन् । यस्तै, उनको समूहबाट महामन्त्री डा. प्रकाशशरण महत र प्रदीप पौडेल उम्मेदवार हुने भएका छन् भने ८ सहमहामन्त्री र खसआर्यतर्फका केन्द्रीय सदस्यका उम्मेदवार पनि टुंगो लागेका छन् ।

जसअनुसार महिला कोटाको सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय डिना मकवानपुर, आदिवासी जनजाती तर्फको सहमहामन्त्रीमा भिष्मराज आङ्दाम्बे पाँचथर, दलितर्फको सहमहामन्त्रीमा मानबहादुर विश्वकर्मा अर्घाखाँची, मधेशीतर्फको सहमहामन्त्रीमा महेन्द्र यादव धनुषाका् नाम टुंगो लगाएको छ ।

यस्तै, खस आर्यतर्फको सहमहामन्त्रीमा किशोरसिंह राठोर बर्दिया, थारु तर्फको सहमहामन्त्रीमा उमाकान्त चौधरी बारा, मुस्लिमतर्फको सहमहामन्त्रीमा फर्मुल्लाह मन्सुर बारा र पिछडिएको क्षेत्रको सहमहामन्त्रीमा जीवनबहादुर शाही हुम्लालाई उम्मेदवार बनाउने निर्णय भएको सभापति देउवाको सचिवालयले जनाएको छ ।