६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुठी विधेयक प्रतिनिधिसभाबाट फिर्ता लिन मिल्दैन : मन्त्री अर्याल



अ+ अ-

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्याल गुठी विधेयक नबुझेरै विरोध गरेको आरोप लगाएकी छिन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा उनले ऐन कानुन बुझेर मात्र कुरा गर्न संसदहरुलाई सुझाव दिइन् ।

‘राष्ट्रियसभामा पेश भएको विधेयक प्रतिनिधिसभाबाट फिर्ता लिन मिल्दैन,’ उनले भनिन्, ‘माननीय सदस्यहरुले पहिला नियम कानुन बुझ्नुपर्यो, राष्ट्रियसभामा पेश भएको विधेयक राष्ट्रियसभाबाटै फिर्ता लिनुपर्ने व्यवस्था छ ।’

विधेयक फिर्ता लिन बिहीबारमात्रै पनि मन्त्रिपरिषद् बैठकले निर्णय गरिसकेको र राष्ट्रियसभामा पनि आवश्यक प्रक्रिया अघि बढाइएको उनले जानकारी दिइन् ।