६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतको हिमाचल प्रदेशमा बस दुर्घटना : ४४ को ज्यान गयो, २९ जना गम्भीर घाइते



अ+ अ-

काठमाडौं । भारतको हिमाचल प्रदेशको कुल्लुमा बस दुर्घटना हुँदा कम्तीमा ४४ जनाले ज्यान गएको छ ।

दुर्घटनामा कम्तीमा २९ जना गम्भीर घाइते भएका छन् । घाइते हुनेहरुमा धेरै महिला र बालबालिकाहरु रहेको जिल्लाका एसपी शालिनी अग्निहोत्रीले बताएका छन् ।बिहीबार साँझ चार बजे बंजारबाट गाडागुशैणीको लागि छुटेको बस दुई किलोमिटर गुड्न नपाउँदै सडकबाट पाँच सय फिट तल नदीमा खसेको थियो ।

स्थानीय प्रशासनका अनुसार बसमा ७५ जना सवार थिए, जसमा धेरै विद्यार्थीहरु रहेका थिए । उनीहरु विद्यालयमा भर्ना गरेर फर्किएका थिए ।

दुर्घटनालाई लिएर भारतीय प्रधानमन्त्री र कांग्रेस अध्यक्ष राहुल गान्धीले शोक प्रकट गरेका छन् ।