१९ भाद्र २०८३, शुक्रबार
,
Latest
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

डिआर पौडेलप्रति श्रद्धान्जली कार्यक्रम सम्पन्न



अ+ अ-

अष्ट्रेलिया । प्रवासी नेपाली एकता मन्च अष्ट्रेलियाले डिआर पौडेलप्रति श्रद्धान्जली कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथी नेकपा नेता तथा विदेश बिभाग सदस्य युवराज चौलागाईले डिआरको असामयिक निधनबाट मुलुक र नेकपाले एक असल र सक्षम नेता गुमाएको भन्दै कमरेड डिआर बाट प्रतिबद्धता, सरलता र अध्ययनशीलता जस्ता कुराहरु सिक्नु पर्ने बताएका छन् ।

कार्यक्रममा प्रबासी नेपाली एकता मन्चका नेताहरु शेषमणी शर्मा र रमेश पाण्डे, प्रवीण कंडेल, एनआरएन अन्तरराष्ट्रीय समन्वय समिती सदस्य दीपक भट्टराई तथा सन्तोष आचार्य लगायतले मन्तब्य राख्नु भएको थियो ।

कार्यक्रममा डि आर पौडेलको तस्वीरमा माल्यार्पण गर्दै ५३ वटा मैन वत्ती प्रज्जवलन तथा १ मीनेट मौन धारण गरिएको थियो । कार्यक्रम स्थानीय समय अनुसार १० बजे शुरु भएको हुनुका साथै कार्यक्रम अष्ट्रेलियाको राजधानी सिड्नी स्थित मेरिल्याण्डको एक हलमा सम्पन्न भएको थियो ।