११ असार २०८३, बिहीबार
,
Latest
अवैध डलर, सुन र चाँदीसहित भारतीय नागरिक काठमाडौंबाट पक्राउ फिफा विश्वकप २०२६ ः दक्षिण अफ्रिका विश्वकपको नकआउट चरणमा प्रवेश सुनचाँदीको मूल्य घट्यो रास्वपा महाधिवेशनमा गृहमन्त्री सुधन गुरुङद्वारा मतदान बाढीपहिरोबाट निर्माणाधीन कसुवाखोला हाइड्रोपावरमा क्षति तातो हावाको लहर कायमै रहने सम्भावना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट प्रदेशसभा खारेजको बहसमा बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुन सक्छ’ साना नदीमा आकस्मिक बाढीको जोखिम, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह महामन्त्री पौडेलको प्रश्न: अन्तर्राष्ट्रिय बजारमा तेल सस्तो, नेपालमा किन अझै महँगो ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

धुर्कोट गाउँपालिकाद्वारा आर्थिक बर्षको नीति तथा कार्यक्रम पेश



अ+ अ-

गुल्मी। आर्थिक बर्ष २०७६/७७ का लागी गुल्मीको धुर्कोट गाउँपालिकाले नीति तथा कार्यक्रम पेश गरेको छ ।

गाउँपालिका प्रमुख भुपाल पोखरेलले आगामी बर्षका लागि नीति तथा कार्यक्रमको कार्यप्रगति जानकारी गराउदैँ गाउँपालिकालाई खरको छानामुक्त गाउँपालिका बनाउने घोषणा गरिएको छ ।

गाउँपालिकाले कृषि क्षेत्रको विकासका लागि प्रत्येक वडामा माटो परिक्षण शिविर, सुन्तला र आलुको स्टोरको लागि प्रदेश सरकारको सहकार्यमा गाउँपालिकाको केन्द्रमा ‘सित भण्डार’ निर्माण गर्दै संचालनमा ल्याउनुका साथैगाउँपालिकाको वडा नंं ५ वस्तुमा जेष्ठ नागरिक दिवा सेवा कार्यक्रमलाई दीगो रुपमा संचालन गर्ने, कृषिश्रम रोजगारी प्रदान गर्ने नीति तथा कार्यक्रममा समेटिएका छन् ।

यस्तै गाउँपालिकाले गैर सरकारी संस्थाहरुको साझेदारीमा वडा नंं १, २, ३ र ७ मा मासु उत्पादन बृद्धिका लागि बाख्राविकास परियोजना सञ्चालनमा ल्याई अबको ३ वर्ष भित्र अण्डा उत्पादनमा जोड दिई अण्डा उत्पादनमा आत्मनिर्भर गाउँपालिका घोषणा गर्ने लक्ष्य गाउँपालिकाले लिएको छ ।

यस्तै गाउँपालिकाले प्रत्येक वर्ष गाउँपालिकास्तरीय विभिन्न खेलकुदकार्यक्रम सञ्चालन गर्ने, धुर्कोट प्राथमिक स्वास्थ्य केन्द्रमा एक्सरे सेवा र भिडियो एक्सरे सेवा सञ्चालनमा ल्याउने, जैसीथोक, नयाँगाउँ, वस्तु र वाग्ला स्वास्थ्य चौकीमा २४ सै घण्टा प्रसुती सेवा ल्याउने गाउँपालिका अध्यक्ष पोखरेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

उपभोक्ता समिति गठन गर्दा अध्यक्ष वा सचिवमध्ये एक मुख्य पद सहित समितिमा महिलाको ४५५ सहभागिता सुनिश्चित गर्ने र खाता सञ्चालनमा एक जना महिलाको दस्तखत अनिवार्य गर्ने व्यवस्था गाउँपालिकाले गर्ने भएको छ । निवार्य खर्च सार्वजनिक गर्ने व्यवस्थालागु गर्ने भएको छ । त्यस्तै दोस्रो चौमासिक सम्ममा ७० प्रतिशत भुत्तानी भएका वडा मध्येबाट उत्कृष्ट वडालाई प्रोत्साहन स्वरुप पुरस्कारको व्यवस्था गर्ने जनाएको छ ।