१४ आश्विन २०८१, सोमबार
,
Latest
झ्याप्ले खोलामा पहिरो हटाइयो, ४८ घण्टापछि सडक दुईतर्फी खुल्यो बाढीपहिरो र डुबानमा परी देशभर एक सय ७० जनाको मृत्यु, ४२ जना अझै बेपत्ता सिधा कुरा प्रकरण: अदालतले मानहानी गरेको ठहर पछि प्रकाशक र सम्पादक जेल चलान बिपत्तिमा पनि उडान सुचारु गरेर यात्रुलाई सहज यात्राको अवसर दिऔ: चाइना साउदर्न सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्डको टिप्पणी: महाविधेशनका नाममा एमाले – कांग्रेसले भीड मात्रै जम्मा पारे



अ+ अ-

काठमाडौ । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले र कांग्रेसको अधिवेशन विचार र सिद्धान्तको बारेमा छलफल गर्ने नभई भीड जम्मा गर्ने थलोको रुपमा रहेको टिप्पणी गर्नुभएको छ ।

शनिवार माओवादी केन्द्रको सबै प्रदेशको प्रदेश सम्मेलनलाई काठमाडौंबाट एकैसाथ उद्घाटन गर्दै अध्यक्ष दाहालले नेकपा(एमाले) र नेपाली कांग्रेसको अधिवेशनमा विचार र सिद्धान्तको बहस नभएको भन्दै टिप्पणी गर्नुभएको हो । एमाले अधिवेशनलाई पञ्च¥यालीको संज्ञा दिदैँ उहाँले एमाले अधिवेशन विचार हिनताको र विचार शुन्यताको अधिवेशनको रुपमा सम्पन्न भएको बताउनुभयो । त्यस्तै अहिले चलिरहेको नेपाली कांग्रेसको अधिवेशनमा पनि राष्ट्र कस्तो बनाउने र समाजवादउन्मुख राज्य कसरी बनाउने भन्ने सम्बन्धमा बहस नगरिएको भन्दै आलोचना गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘अरु पार्टीले ठुल्ठुला अधिवेशन भनेर भीड जम्मा गर्ने गरेका छन् । तपाईँ हामीले देख्यौँ, एमाले नामको अधिवेशन पनि देख्यौँ । अहिले कांग्रेसको अधिवेशन चलिराखेको छ । तर ति सबै एमाले त मैले त त्यसलाई पञ्च¥याली भन्दा अरु देख्दिनँ । त्यो बिल्कुल पञ्च¥याली, सिद्धिने बेलाको, निभ्ने बेलाको बत्ति भन्याजस्तो मात्रै हो त्यो । त्यहाँ न कुनै बिचार, न कुनै बहस, न कुनै विधि, न कुनै पद्धती, निरंकुशताको, विचार शुन्यता र विचार हिनताको अधिवेशनको रुपमा गयो त्यो । दुनियाँले देख्यो । तपाई हामी सबैले देख्यौँ नि त्यहाँ कुनै प्रस्ताव माथि छलफल भयो ? कुनै विचारमा बहस भयो ? त्यहाँ माक्र्सवादको म पनि उच्चारण गरियो नेतृत्वबाट कहीँ ? समाजवादको कुरा गरियो भन्दा कहीँ केही छैन । त्यहाँ व्यक्ति पुजाको कुरा गरियो । व्यक्तिको अन्धताको प्रचार गरियो , र सिद्धान्तहिनताको प्रदर्शन गरियो । नेपाली कांग्रेसको पनि हामी हेरिराख्या छौँ, उहाँहरुको त झन विचार, सिद्धान्त, सम्मेलन भनेको हिजो उद्घाटन भयो, आज नोमिनेशन हुन्छ, भोली फिर्ता लिने गर्ने हुन्छ । पर्सि चुनाव हुन्छ सिद्धियो ।

त्यहाँ राष्ट्र कस्तो बनाउने ? कसरी लैजाने ? हाम्रो संविधानले भनेको समाजवादउन्मुख राज्य कसरी बनाउने होला भन्नेतिर बहस छैन । इतिहासको समिक्षा हामीले कसरी गर्ने ? हाम्रा कमजोरीहरु कहाँ भए ? हामीले ति कमजोरीहरु कसरी सच्याउने भन्नेतिर ति ठुला भनिएका दुईटै पार्टीका महाधिवेशनमा कहीँ कतै चर्चा भएको तपाई हामीले देख्यौँ त ?’

अध्यक्ष दाहालले माओवादी पार्टीभित्र वैचारिक अस्पष्टताका कारण गुटबन्दी र अराजकता लगायतका समस्या देखिएको बताउनुभयो । पार्टी भित्र विचारको समस्या रहेको र गन्तव्य स्पष्ट नभएको उहाँको भनाई छ । उहाँले आगामी राष्ट्रिय सम्मेलनबाट २१ औँ शताब्दीलाई सुहाउँदो नयाँ विचार लिएर आउने र पार्टीलाई विचारमा सशक्त बनाउने पनि बताउनुभयो । उहाँले भन्नुभयो – ‘हाम्रो यावत् समस्याहरु छन् । गुटबन्दीका समस्या, अराजकता समस्या, स्वार्थ, पदलोलुपताका समस्या, हिजो कसरी क्रान्ति सफल पार्ने भन्ने चिन्ता हुन्थ्यो । आज कसरी पद प्राप्त गर्ने भन्नेमा गाछौ हामी । त्यो पद मैले पाउदिन कि, म त्यहाँ पुग्दिन कि भन्ने चिन्ता बढी हुन्छ । यस्तो भएको सन्दर्भमा, यो सबैको चुरो कारण न कार्यकर्ता हो, न नेता हो । नेता र कार्यकर्ताको व्यक्तिगत समस्याको रुपमा यसलाई बुझिनु हुँदैन ।

यो विश्व इतिहासको र नेपालको पनि इतिहासमा क्रान्तिको नयाँ विचारको खोजीको चुनौती हो । यो सबै हामीभित्र देखा पर्ने कुरा भनेको विचारको समस्या हो । वैचारिक स्पष्टताको अभावको समस्या हो । हाम्रो अबको गन्तव्य क्लियर नदेखिनु, नेताको दिमागले पनि, कार्यकर्ताको दिमागले पनि अब हाम्रो हिड्ने बाटो यही हो भन्नेकुरा प्रष्ट नदेखिनु नै हामी सबैको समस्या हो अहिले । हामी सबैको समस्या गन्तव्य क्लियर चित्र देखिदैन ।

हेर्न खोज्यो चित्र धमिलो हुन्छ । हेर्दै गयो भने अध्यारो देखिन्छ । अध्याँरो देखेपछि त कसरी जाँगर आउने,जोश आउने, रुपान्तरण, त्याग, के का लागि गर्ने भन्ने हुन्छ ? यो सबैको चुरो कुरो एक्काइसौँ शताब्दीमा नयाँ क्रान्ति किनकी म नयाँ कुरा भन्न लाग्दैछु र नयाँ दस्तावेज ल्याउँदैछु । अब निरन्तरतामा क्रमभंग भन्दै आएको छौँ नि, हामी अर्को क्रमभंगको चरणमा प्रवेश गर्दैछौँ । यो जानकारी तपाईहरुलाई गराउन चाहान्छु । यही निरन्तरताले हुँदैन । त्यसकारण पहिलो क्रमभंगता विचारबाटै हुनुप¥यो ।’

उहाँले माओवादी अस्पष्ट भएका कारण हेपिनुपरेको भन्दै माओवादीलाई हराउने तागत नेपालमा कसैको नभएको दाबी गर्नुभयो । अध्यक्ष दाहालले आगामी चुनावमा एक नम्बर पार्टी हुनेगरी आक्रामक रुपले प्रस्तुत हुन नेता, कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो ।