६ आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री ओली र कुवेतका राजकुमार एवं प्रधानमन्त्री सबाहबीच भेटवार्ता प्रधानमन्त्री ओली र भूटानका प्रधानमन्त्री तोग्बेबीच भेटवार्ता यसरी सम्भव भयो न्युयोर्कमा ओली–मोदी भेट, केके छन् वार्ताका एजेण्डा ? चीन भ्रमणमा गएका रास्वपाका नेताहरू आकस्मिकरूपमा नेपाल फर्कदै प्रधानमन्त्री ‘फ्युचर फर समिट’मा सहभागी यस्तो छ रास्वपा कार्यालय परिसर- फोटो फिचर डा.श्रीधर खनालको एआई र रोबोटिक्स उपन्यास ‘सावर्णि’ बजारमा पूर्वडीआईजी जोशीलाई पोखरा पुर्याइयो रवि निगरानीमा, प्रतिवेदन अध्ययन हुँदैछः प्रहरी यता रविलाई पक्राउका लागि प्रहरी परिचालन, उता स्वर्णिमसहित रास्वपाका १४ नेता चीनमा
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिभुवन विश्वविद्यालयको ‘गोल्ड मेडल’ डेढ लाखमा किनबेच



अ+ अ-

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ‘गोल्ड मेडल’ डेढ लाखमा किनबेच भएको खुलेको छ ।

मानविकी संकायअन्तर्गत अर्थशास्त्र विषयको स्नातकोत्तरको ‘गोल्ड मेडल’ बिक्री भएको हो । परीक्षामा फेल भएका सुरेन्द्र कोइरालाले परीक्षा नियन्त्रण कार्यालय बल्खुका कर्मचारीलाई आर्थिक प्रभावमा पारी गोल्ड मेडल हात पारेका हुन् ।

कोइराला र पनिका बल्खुको गोप्य शाखाका प्रमुख रामु कर्माचार्यलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरिसकेको छ । छानबिनका क्रममा कर्माचार्यले डेढ लाख लिएर उत्कृष्ट नम्बर ल्याउने गरी कोइरालाको नम्बर थपिदिएका थिए । धेरैजसो विषयमा उनी फेल भएको र सबैमा नम्बर थपेर उनलाई गोल्ड मेडलिस्ट बनाइएको अनुसन्धानमा खुलेको छ । अनुसन्धानमा आबद्ध अख्तियार अधिकारीका अनुसार उनीहरूबीच आर्थिक लेनदेनको समेत प्रमाण भेटिएको छ ।

पेसाले अधिवक्ता कोइरालाले आफूलाई राष्ट्रपतिको हातबाट गोल्ड मेडल लिने रहर भएकाले पैसा तिरेर किनेको बताएका छन् । न्यायाधीश बन्न सहयोग पुग्ने भएकाले समेत उनी ‘गोल्ड मेडलिस्ट’ बनेको खुलेको छ । कोइरालाले यसअघि चार विषयमा स्नातकोत्तर उत्तीर्ण गरिसकेका थिए । ती विषयमा पनि आर्थिक चलखेलकै आधारमा परीक्षा उत्तीर्ण गरेको हुन सक्ने आशंका गरिएको छ ।

पाटन क्याम्पसका विद्यार्थी कोइराला नतिजा आउँदा फेल भएका थिए । तर, पछि उनी नै गोल्ड मेडलिस्ट बनेको खबर पाएपछि क्याम्पसका कर्मचारी चकित भएर अख्तियारमा उजुरी गरेका थिए । सोही आधारमा अख्तियारले छानबिन गर्दा त्रिविमा लामो समयदेखि गोल्ड मेडल किनबेच हुने गरेको खुलेको हो ।

अधिवक्ता कोइरालाले बिचौलियाका रूपमा समेत काम गरेको अनुसन्धानमा देखिएको छ । उनले यसअघि उच्च माध्यमिक शिक्षा परिषद् तथा नेपाल विद्युत् प्राधिकरणमा समेत कानुनी परामर्शदाताका रूपमा काम गरेका थिए । अख्तियारले पनिकाका अन्य कर्मचारीमाथि समेत सोधपुछ गरिरहेको छ ।

बानेश्वर क्याम्पसका कर्मचारीसमेत पक्राउ
अनुसन्धानका क्रममा अख्तियारले बानेश्वर क्याम्पसमा कार्यरत कर्मचारी केदार भट्टराईलाई पनि पक्राउ गरेको छ । उनले पनि पैसा तिरेर नम्बर सच्याई प्रथम श्रेणीमा एमए स्नातकोत्तर ९अर्थशास्त्र०मा उत्तीर्ण गरेका थिए । कोइरालाले नै उनलाई प्रथम श्रेणीमा उत्तीर्ण गराउन भूमिका खेलेको खुलेको छ ।

पूर्वाञ्चल विश्वविद्यालयमा पनि छानबिन
त्रिविमा छानबिन थालेपछि अख्तियारमा पूर्वाञ्चल विश्वविद्यालयको समेत उजुरी परेको छ । पूर्वाञ्चल विश्वविद्यालयमा समेत लामो समयदेखि आर्थिक चलखेलका नाममा नम्बर सच्याउने काम हुँदै आएको उजुरी परेको हो । प्रारम्भिक अनुसन्धानमा पूर्वाञ्चलको नतिजामा समेत चलखेल हुने गरेको संकेत भेटिएको अख्तियार स्रोतले जनाएको समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।