६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

कम्युनिष्ट सरकारका मन्त्री हेरफेर हुने, ओली र दाहालले कसलाई बोलाए



अ+ अ-

काठमाडौँ। सरकारमा रहेका मन्त्रीको जिम्मेवारीमा हेरफेर हुने भएको छ।

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच बुधबार भएको छलफलमा कम्तिमा ६ जना मन्त्री हेरफेर गर्ने सहमति भएको छ ।

सहमतिपछि मन्त्रिमण्डलमा हेरफेरका लागि दुबै अध्यक्ष गृहकार्यमा जुटेका छन्।ओली प्रचण्डले बिहीबार पूर्वएमाले र पूर्वमाओवादीका आकांक्षी सांसदसँग छलफल गर्न लागेका छन्।

प्रधामन्त्री ओलीले सांसद महेश बस्नेत, पार्वत गुरुङ र योगेश भट्टराईलाई छलफलका लागि बालुवाटार बोलाएका छन्।

अर्काअध्यक्ष दाहालले मन्त्री बन्न आकांक्षी सांसदहरु जनार्दन शर्मा, प्रभु शाह र देवेन्द्र पौडेलललाई आफ्नो निवास खुमलटार बोलाएका छन्।

अध्यक्षद्वयले सांसदहरुसँग छलफल गरेपछि मन्त्रिमण्डलमा हेरफेर हुने उच्च श्रोतले बताएको छ। तर, कुन-कुन मन्त्रीलाई हटाउने भन्नेबारे केही नखुलाइए समाचार अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।

यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराईले प्रधानमन्त्रीले मन्त्रिमण्डल पूनगर्गठन गर्न गृहकार्यमा जुटेका बताएका छन् । उनले आलोपालो सरकार चलाउनेबारे नेकपा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच कुनै सहमति नभएको खुलासा पनि गरेका छन् ।

उनले वर्तमान प्रधानमन्त्री ओली नै पाँच वर्षको लागि प्रधानमन्त्री भएको पनि जिकिर गरे । मंगलबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम “जनता जान्न चाहन्छन्” कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै भट्टराईले यस्तो बताएका हुन् ।

यदि आलोपालोमा सहमति भएको भए प्रधानमन्त्री ओलीले पद छोड्नुपर्ने उनको भनाई छ । तर, आफ्नो जानकारीमा अहिलेसम्म उक्त सहमति भएको भन्ने कुरा नभएको पनि उनले जिकिर गरे । उनले अहिहले नेपाल र भारतबीच जनस्तरबाटै सुमधुर सम्बन्ध रहेको पनि विश्वास दिलाए । त्यस्तै उनले नेपालमा पानीजहाज आउने कुरा शतप्रतिशत सत्य कुरा भएको भन्दै आफू विश्वस्त रहेको सुनाए ।