१ श्रावण २०८३, शुक्रबार
,
Latest
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण मुद्दा फछर्योटः लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम मन्त्रीहरूको कार्य विभाजन ‘लो बिडिङ’ नियन्त्रण गर्ने व्यवस्था सार्वजनिक खरिद प्रणाली सुधारको सकारात्मक कदमः अध्यक्ष पाण्डे मास्टर्नीको प्रचारात्मक गीत : पेशागत मर्यादामाथि प्रहार दाङमा ७७ प्रतिशत रोपाइँ बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ देशभर मनसुनी गतिविधि सक्रिय मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि नेपाली काँग्रेसले तीनै तहका सरकारलाई कार्ययोजना पठाउने नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस महाधिवेशन: सभापतिमा ६ प्रतिस्पर्धी मैदानमा, १३४ पदका लागि ५४८ उम्मेदवार



अ+ अ-

काठमाडौं  । नेपाली कांग्रेसको  नेतृत्व लिन सभापतिमा ६ उम्मेदबार सहित विभिन्न पदमा उम्मेदवारी दर्ता  भएको छ । १४ औं महाधिवेशनअन्तर्गत शनिबारदेखि निर्वाचन प्रक्रिया सुरु भएको छ ।  सभापतिमा ६ जनाले उम्मेदवारी दिनु भएकाे छ जसमा वर्तमान सभापति शेरबहादुर देउवा, नेताहरू शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कल्याण गुरुङ र युवराज न्यौपानेले रहनु भएकाे छ ।

यसैगरी उपसभापतिमा पूर्णबहादुर खड्का, विजयकुमार गच्छदार, डा. चन्द्र भण्डारी, धनराज गुरुङ, सुजाता कोइराला, महेश आचार्य र दिव्यश्वरी शाहले उम्मेदवारी दर्ता गराउनु भएको छ ।  महामन्त्रीका लागि गगन थापा, डा. मिनेन्द्र रिजाल, डा. प्रकाशशरण महत, प्रदीप पौडेल, विश्वप्रकाश शर्मा र डा.राजाराम कार्कीको उम्मेदवारी दर्ता भएको छ ।

सहमहामन्त्रीमा २० जनाले उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ता गराउनेहरुमा बद्रीप्रसाद पाण्डे, फरमुल्लाह मन्सुर, मानबहादुर विश्वकर्मा, देवराज चालिसे, सुरेन्द्रप्रसाद चौधरी, किशोरसिंह राठौर, रञ्जित कर्ण, जीवन परियार, विकास लामा, रामकृष्ण यादव, कमला पन्त, तेजुलाल चौधरी, जीवनबहादुर शाही, गगां सुनार, महेन्द्र यादव, भीष्मराज आङदाम्बे, चेतराज बजाल, शेख वकी, उमाकान्त चौधरी र डिना उपाध्यायले उम्मेदवारी दर्ता गराउनु भएको छ ।

केन्द्रीय सदस्यमा थारुमा १४, मधेशीमा ३२, आदिवासी रजनजातिमा ८७, खसआर्यमा ९३, दलित ३९, महिला ३१, पिछडिएको क्षेत्र २, अपांग १६, अल्पसंख्यक ६, मुस्लिममा १६ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।  त्यस्तै प्रदेश १ मा १३, प्रदेश २ मा ५, बागमतीमा ९, गण्डकी ७, लुम्बिनी ११, कर्णाली ७, सुदूरपश्चिम १२ र खुलामा १०२ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।