काठमाडौं । मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय मकवानपुरको थाहा नगरपालिकामा खुल्ने भएको छ ।
मन्त्रिपरिषद्को पछिल्लो बैठकले थाहा नगरपालिका ९ स्थित स्वच्छन्द भैरव माविको नाममा रहेको १७९ रोपनी १२ आना २ पैसा जग्गा विश्वविद्यालयको पूर्वाधार विकास समितिका नाममा भोगाधिकार प्रदान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सूचना तथा संचार मन्त्री गोकुलप्रसाद बास्कोटाले जनाकारी दिए ।
सरकारले आर्थिक वर्ष २०७६/७७ को बजेटमा विश्वविद्यालयको प्रस्ताव गर्दै एक अर्ब १० करोड बजेट छुट्याएको थियो ।