१ असार २०८३, सोमबार
,
Latest
लागूऔषधसहित ४३ जना पक्राउ सम्झौताका बाबजुद पनि अमेरिकाप्रति ‘गहिरो अविश्वास’ कायमैः इरान मगर समुदायको भूमे पर्व शुरु कोशी प्रदेशको बजेट बढ्यो, ४० अर्ब ४४ करोड विनियोजन रावल आयोग प्रतिवेदन कार्यान्वयनमा, अतिक्रमित सबै जग्गा कुनै पनि व्यहोराले हकहस्तान्तरण हुन नपाउने गरी रोक्का… सरकारका गतिविधि र मन्त्रीहरूका अभिव्यक्तिप्रति प्रमुख सचेतक दुलालको आपत्ति भिक्षु पन्नाकरद्वारा स्वयम्भू महाचैत्यको दर्शन गण्डकी प्रदेशले ल्यायाे ३२ अर्ब ९९ करोड ९९ लाखकाे बजेट सरकार गैरजिम्मेवार बनेको सांसद अध्यक्ष राईको आरोप, पूर्वाधार मन्त्रीको अभिव्यक्तिको आलोचना परराष्ट्रमन्त्री खनाल र सिपिसी विदेश विभाग प्रमुख लिउबिच भेटवार्ता, के-के भयाे कुराकानी ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

भन्सार कर्मचारी, सुरक्षाकर्मी र व्यापारीबीच त्रिपक्षीय चलखेल, राजश्व चुहावटमा प्रतिष्पर्धा



अ+ अ-


भद्रपुर । गत वर्ष अशोज १ गतेबाट मूल भन्सारमा उन्नति भएको भद्रपुर भन्सार कर्मचारी, सुरक्षाकर्मी र व्यापारी बीच त्रिपक्षीय चलखेलको केन्द्र बन्दै जाँदा राजश्व चुहावटमा प्रतिष्पर्धा देखिएको छ ।

राजश्व संकलनको जिम्मेवारी लिएका निकाय त्रिपक्षीय चलखेलले भइरहेको मिलोमतोमा अलमलिदा भद्रपुर नाका राजश्वछलीको सहज नाका बन्दै गइरहेको हो । भद्रपुर भन्सारबाट नेपालली बजारमा कपडा, किटनासक विषदी, मेसिनरी पार्टपूर्जा प्रमुख आयात हुने बस्तु हुन् । यी बस्तुबाट राजश्व चुहावट गर्न सके सानो परिणामका आयातकर्तालाई समेत माटो आनम्दानी हुने गर्दछ । जसको फाइदा व्यापारिक गिरोहबाट सुरक्षा निकाय र कर्मचारीले पनि राम्रै लिने होडबाजी चल्न थालेको छ ।

भन्सार कार्यालयका कर्मचारी, सुरक्षाको जिम्मा लिएका सीमासुरक्षा बल र नेपाल प्रहरीको प्रतिष्पर्धाले भद्रपुरका व्यापारीको राजश्व चुहावटमा साथ दिने क्रम तीब्र देखिएको छ । आपसी मिलिभगतमा लेनदेन तलमाथि भए एकले अर्कालाई तल पार्न समेत प्रतिष्पर्धा हुने गरेको छ । पछिल्लो पटक गत बुधवार दिउँसो भन्सार परिसरबाट नै केही परिमाणको कपडा पर्खालबाट वाहिर फाल्दै गरेको अवस्थामा वडा प्रहरी कार्यालय भद्रपुरको टोलीले बरामद गरेपछि घटना छताछुल्ल भएको हो ।


व्यापारीक समूहले राजस्व काट्नलाई गन्तिका लागि फिँजाएका कपडाहरूमध्ये दुई पोका बनाएर ४८ थान कुर्ता सुरुवाल भन्सार कर्मचारी कै उपस्थितिमा भन्सार परिसर बाहिर फालेको वडा प्रहरीले दाबी गर्दै कपडा नियन्त्रणमा लियो । भन्सार कर्मचारीसितै रहेको सीमा सुरक्षा बलको भन्सार नेतृत्व नाजवाफ भएर व्यापारिक गिरोहको राजश्व चुहावटको साक्षी मात्र बनेको घटनाले त्रिपक्षीय चुहावटको सम्बन्ध अझ रहस्यमय बनाइ दिएको छ ।

भन्सार परिसरबाट वाहिर फाल्दै गरेको अवस्थामा कपडा बरामद गर्ने वडा प्रहरी कार्यालयका प्रतिनिधि पनि भन्सार परिसरमा सामान गन्तिमा बस्ने गर्दछन् । मिलिभगतका यस्ता कार्यहरू भन्सारमा जडान गरिएको सीसी क्यामेरामा समेत कैद हुने गरेको छैन । तर भन्सारको सीसी क्यामेराले बुधवारको घटनामा पनि प्रहरी दौडेर जादै गरेको र कपडा लिएर आउदै गरेको मात्र देखाएको छ भने कपडा फाल्दै गरेको गतिविधि देखिएको उनले छैन । आश्चर्य के छ भने क्यामेराले कुनै खिच्ने कुनै नखिच्ने हुनै नसक्ने घटना होतर, भद्रपुर भन्सारमा यस्तै भइरहेको छ ।


भद्रपुर नाकाबाट भन्सारको बाटोबाट भन्दा अवैधबाटो बाट सामान आयत भइरहेको स्थानीय व्यपारीको स्वीकारोक्ती छ । उनीहरूका अनुसार राजश्व छल्न जिम्मेवार निकायको सहयोग छ । मिलिभगमा काम गर्दा नाफाको हिस्सा पनि बढ्ने व्यापारीहरू खुलेरै बताउने गर्छन् ।
कपडा, सवारी साधनका पार्टपूर्जा, इलेक्ट्रोनिक्सका सामान, मेसिनरी पार्टपुर्जा, रसायनिक विषदी, सुर्ति जन्य पदार्थ बढी मात्रामा तस्करीका माध्यमबाट भित्रने गरेका छन् ।

व्यापारका सम्बन्धित व्यक्तिहरूका अनुसार प्रहरी प्रशासन कै मिलिभगतमा राजश्व छल्ने काम हुने गरेको छ । नयाँ हाकिमहरूमा नयाँपन हुँदासम्म चोरी तस्करीमा कडाइ जस्तो हुन्छ तर पुरानोपन प्रवेशपछि सहज वातावरण बन्ने व्यापारीहरूको स्पष्ट भनाइ छ । साधा पोशाकमा छोडिएका घुमुवा प्रहरी तस्करको सेटिङ मिलाउने काममा व्यस्त हुँदा भन्सार तिर्नेभन्दा छल्ने व्यापारीको संख्या बृद्धि भएको स्थानीय बताउँछन् । विगत वर्षहरूमा मेची अञ्चल भन्दा कोशी र सगरमाथा क्षेत्रका भारतीय सीमा नाका तस्करका सहज नाका बन्ने गरेका थिए ।

पछिल्लो पटक प्रदेश सरकार विराटनगरमा बसेपछि कोशी नाकाबाट हुने तस्करी मेची सरेको वारपार व्यापारीको स्वीकारोक्ती छ । नेपाली बजारमा खपत हुने कपडाको झण्डै आधा हिस्सा मेची नाका हुँदै भारतीय बजारबाट नेपाल प्रवेश गर्ने अनुमान गरिए पनि भन्सार महशुलले त्यस्तो देखाउँदैन ।