१९ भाद्र २०८३, शुक्रबार
,
Latest
नेपालले जलवायु न्याय खोज्ने अन्तर्राष्ट्रिय प्लाटफर्म कस्ता छन्ः यसो भन्नुहुन्छ जलवायु वित्त विज्ञ राजु पण्डित… कृष्णभीरमा पृथ्वीराजमार्गको नयाँ ट्रयाक खोल्न थालियो गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै जलवायु सङ्कटसँग जुध्न विकासशील मुलुकलाई थप वित्तीय तथा प्राविधिक सहयोग आवश्यकः एलडिसी त्रिशूली–३ ‘ए’ सुरुङबाट उद्धार गरिएका दुई जनालाई हेलिकप्टरमार्फत काठमाडौं पठाइयो पिकलबल विश्वकपमा नेपाललाई ऐतिहासिक कास्य, दावा सोनाम शेर्पाले रचे इतिहास भाद्र कृष्ण अष्टमीः बिहानैदेखि देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको लाम साल्ट ट्रेडिङद्वारा विपद् प्रभावितका लागि रु ६० लाख सहयोग भोटेकोशी बाढी प्रभावित व्यवसायीका लागि पुनरुत्थान प्याकेज स्वागतयोग्य : नाडा यी हुन् आजका अवरुद्ध प्रमुख राजमार्ग
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘विप्लव’ फाँसीवादको बाटोमा लागे : मन्त्री बाँस्कोटा



अ+ अ-

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेत्रविक्रम चन्द (विप्लव) फाँसीवादको बाटोमा लागेको आरोप लगाएका छन् ।

सञ्चार मन्त्रालयमा बिहीबारको नियमित पत्रकार सम्मेलनमा उनले जुनसुकै वाद/विचार भए पनि विप्लवका गतिविधि राजनीतिक नभएर फासीवादी भएको टिप्पणी गरे ।

‘मूल प्रश्न हत्या हिंसाको राजनीति गलत हो, विप्लवले लिएको बाटो गलत छ,’ प्रहरीले पछिल्ला दिनमा विप्लवका नेता कार्यकर्तामाथि गरिरहेको इन्काउन्टरबारे सञ्चारकर्मीको प्रश्नमा उनले भने, ‘देशलाई अनन्त द्वन्द्वमा फसाउने र गरिब बनाइराख्ने कामअन्तर्गत विप्लवका गतिविधि भइरहेका छन् । सरकारले नियन्त्रण गर्छ ।’