काठमाडौं । कतारस्थित नेपाली दूतावासले भारतीय नागरिकको हत्यामा दोषी ठहरिएका चितवनका बिनोद रानाभाटलाई मृत्युदण्ड हुने खबर हल्ला मात्र भएको स्पष्ट पारेको छ।
दूतावासले असार ८ गते विज्ञप्ति जारी गर्दै रानाभाटलाई कतारको अदालतले तीन वर्ष सजाय र २ लाख ६० हजार कतारी रियाल ब्लड मनी तिर्नुपर्ने गरी सजाय तोकेको र त्यही अनुसारको कारबाही सुनाइएको उल्लेख गरिएको छ ।
आदेशअनुसार ३० अक्टोबर २०१९ मा तीन वर्षको सजाय सकिने र ब्लड मनी रुवरुपको जरिवना तिरे जेल मुक्त हुने जनाइएको छ ।
यसअघि कतारस्थित अलग्रुप क्लीनिङ कम्पनीमा जनरल क्लिन वर्कर पदमा काम गरिरहेका रानाभाटलाई कतारमा मृत्युदण्ड दिइएको हल्ला फैलाइएको थियो। बैदेशिक रोजगारीमा रहँदा सम्झौता अनुसारको काम गरिरहेका रानाभाटलाई भारतीय कामदारले आक्रमण गरेकोमा ज्यानको सुरक्षाका लागि प्रतिकार गर्दा भारत सनैयाका अर्का कामदारको मृत्यु हुन पुगेको थियो।
उनलाई घटना लगत्तै कतार पुलिसले पक्राउ गरी ओक्रा जेलमा राखी मुद्दा चलाएको थियो। ब्लड मनीका लागि अहिले देश बिदेशमा रहेका विभिन्न संघसंगठनकाहरुले समाजिक संजालमा सहयोग गर्नका निम्ति अभियान चलाएका छन् ।