• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   पूर्वराजा शाहद्वारा पाटनको भ्रमण- फोटो फिचर ★   बालेनको स्टाटसको केहीबेरमै चालकलाई छाडियो ★   छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु ★   गर्मीले जनजीवन कष्टकर ★   पाथीभरा म्याराथनको उपाधि आर्मीका श्रेष्ठलाई ★   सिंहदरबार, पार्टी कार्यालय र नेताको घरको फोहोर उठ्दैन – बालेन ★   अहिलेको संसदले संक्रमणकालिन न्यायसम्बन्धि विधेयक पारित गर्दैन: पूर्वसभामुख ढुंगाना ★   कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बुधबार ★   केकेआरले रच्यो इतिहास, अब तेस्रो उपाधिको पर्खाइमा ★   बाँदरको हैरानी झेल्न नसकेर खास्टेतालपारीका किसान कागतीखेतीमा

ट्रकभित्र महिलालाई जबरजस्ती करणी गर्ने दुई जना पक्राउ



सांकेतिक तस्विर

तनहुँ । ट्रकभित्र महिलालाई जबरजस्ती करणी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

असार ११ नवलपरासीबाट दमौली आउँदै गरेको ना १ क ४३४९ नं. को ट्रकमा एक महिलालाई नवलपुरस्थित डण्डा भन्ने स्थानबाट लिफ्ट दिए बलात्कार गरेको आरोपमा मोरङ उर्लाबारी नगरपालिका वडा नं. ३ सुर्यचोक बस्ने ३२ बर्षका सहचालक गोपाल भण्डारी र मोरङ उर्लाबारीकै ३१ बर्षका चालक विमल ढकाललाई पक्राउ गरिएको हो ।

ट्रकमा लिफ्ट दिएकी महिलालाई दुवैले तनहुँ व्यास नगरपालिका वडा नं. १२ छिर्कने स्थित पृथ्वीराजमार्ग सडक किनारामा लगेर जबरजस्ती करणी गरेका थिए । घटनाबारे गण्डकी प्रदेश प्रहरी कार्यालयबाट सुचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय तनहुँको प्रहरी टोली ट्रक र संलग्न ब्यक्तिहरुको खोजीमा जुटेपछि उनीहरु पक्राउ परेका हुन् ।

पक्राउपछि तनहुँ जिल्ला अदालतबाट म्याद थपको अनुमति लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।