७ आश्विन २०८१, सोमबार
,
Latest
प्रतितोला रु चार सयले बढ्दा सुनको मूल्यमा कीर्तिमान मुगुको मुहार काठमाडौंमा -फोटो फिचर सहकारी ठगी प्रकरण: छविलाल जोशीलाई म्याद थप गर्न अदालत लगिँदै चर्चित धावक रोकायालाई ‘उज्ज्वल तारा खेल सम्मान—२०८१’ प्रदान गरिने श्रीलङ्काका नवनिर्वाचित राष्ट्रपतिलाई अध्यक्ष प्रचण्डको बधाई प्रहरीको हिरासतबाट धनुषामा ८ जना थुनुवा फरार नेपाली कागज उद्योग सञ्चालन भएपछि लोक्ताको सदुपयोग सामुदायिक विद्यालयले विद्यार्थीलाई टपरी र चकटी बनाउने सीप सिकाउँदै प्रधानमन्त्री ओलीको उपस्थितिमा अमेरिकामा हुने भनिएको वृहत कार्यक्रम स्थगित आर्सनल र म्यान्चेस्टर सिटीले अंक बाँडे
तपाईं के खोज्दै हुनुहुन्छ ?

दक्षिण अफ्रिका र मोजाम्बिकबीच छलफल



अ+ अ-

प्रिटोरिया । दक्षिण अफ्रिकी सरकारले यसै महिना मोजाम्बिकसँगको सीमामा दुई जना मोजाम्बिकका प्रहरीको गोली हानी हत्या भएको घटनाप्रति छानबिन गर्ने जनाएको छ ।

दक्षिण अफ्रिकी मन्त्री ज्याक्सन मेथेम्बुले प्रिटोरियामा आयोजित पत्रकार सम्मेलनमा उक्त घटनाका बारेमा छलफल गर्न दक्षिण अफ्रिकी उच्चस्तरीय टोलीले मोजाम्बिकको भ्रमण गर्ने जानकारी दिनुभयो ।

दक्षिण अफ्रिकी टोलीमा दक्षिण अफ्रिकी राष्ट्रिय प्रतिरक्षा बल र प्रहरीका उच्च अधिकारीहरुको सहभागिता रहनेछ ।दुई देशीय सीमामा भएको उक्त घटनाका बारेमा अध्ययन भइरहेको दक्षिण अफ्रिकी प्रहरीले जनाएको छ ।

मन्त्री मेथेम्बुले छिमेकी मुलुक मोजाम्बिकका नागरिकमाथि भएको यस्तो आक्रमणले दुःखी बनाएको बताउँदै घटनाका बारेमा तथ्य सार्वजनिक गरिने बताउनुभयो ।