७ आश्विन २०८१, सोमबार
,
Latest
प्रतितोला रु चार सयले बढ्दा सुनको मूल्यमा कीर्तिमान मुगुको मुहार काठमाडौंमा -फोटो फिचर सहकारी ठगी प्रकरण: छविलाल जोशीलाई म्याद थप गर्न अदालत लगिँदै चर्चित धावक रोकायालाई ‘उज्ज्वल तारा खेल सम्मान—२०८१’ प्रदान गरिने श्रीलङ्काका नवनिर्वाचित राष्ट्रपतिलाई अध्यक्ष प्रचण्डको बधाई प्रहरीको हिरासतबाट धनुषामा ८ जना थुनुवा फरार नेपाली कागज उद्योग सञ्चालन भएपछि लोक्ताको सदुपयोग सामुदायिक विद्यालयले विद्यार्थीलाई टपरी र चकटी बनाउने सीप सिकाउँदै प्रधानमन्त्री ओलीको उपस्थितिमा अमेरिकामा हुने भनिएको वृहत कार्यक्रम स्थगित आर्सनल र म्यान्चेस्टर सिटीले अंक बाँडे
तपाईं के खोज्दै हुनुहुन्छ ?

यार्साको राजश्वका विषयमा विवाद हुँदा कुटाकुट



अ+ अ-
file-photo

काठमाडौं । शे फोक्सुण्डो राष्ट्रिय निकुञ्ज डोल्पामा कर्मचारीबीच झडप हुँदा कार्यालय प्रमुख घाइते भएका छन् । आक्रमणमा संलग्न भएको भन्दै सात कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान जारी राखेको छ ।

यार्सागुम्बा सङ्कलनकर्ताबाट राजश्व उठाएर कार्यालयमा फर्किएका चार जना कर्मचारीले मदिरा सेवन गरेर कार्यालय प्रमुख प्रमोदकुमार यादवमाथि आक्रमण गरेको थियो । यार्सागुम्बा सङ्कलनकर्ताबाट टोलीमा सात जना कर्मचारी रहेको थियो । असार ८ गते बिहान सेनाको सुरक्षासहित निकुञ्जको पोष्टबाट आएका सात कर्मचारीले कार्यालय प्रमुख प्रमोदकुमार यादवलाई दुनैस्थित बैंकमा रकम जम्म गर्न अनुमति मागेका भए पनि कार्यालय प्रमुखले पूरै हिसाब नहेरी जम्मा नगर्न अनुरोध गरेपछि कर्मचारी र कार्यालय प्रमुखबीच विवाद बढेको थियो ।

कार्यालय प्रमुखको आग्रह विपरीत सात कर्मचारीले निकुञ्जमा उठाएको रु ७० लाख रकम बैंकमा जम्मा गरिसकेको पाइएको छ । रकम जम्मा गरी आएका सात जना कर्मचारीलाई सुलिगाड निकुञ्जको कार्यालयमा बिहान ११ बजे सुरक्षाका लागि खटिएको सेनाले जाँच गर्दा थप विवाद भएको थियो । जाँचपछि शान्त रहेका कर्मचारी देवेन्द्र जिसी, मनिकृष्ण पाण्डे, हरि रावल, डिल्ली सुनार, महेश्वर रावल, खगेन्द्र भण्डारी, प्रकाश बुढाले बेलुकी मदिरा सेवन गरेर कार्यालय प्रमुख यादवमाथि हातपात गर्नुका साथै अपशब्द बोलेर आक्रमण गरेको प्रमुख सूचना अधिकारी छत्र खड्काले बताउनुभयो ।

निकुञ्जबाट आएका सात जना कर्मचारीले र कार्यालयमा रहेका कार्यालय प्रमुख प्रमोदकुमार यादव, गोपाल खनाल, छत्र खड्का, अरुण चौधरीमाथि आक्रमण गरेको आरोप लागेको छ । झगडालाई नियन्त्रणमा लिनका लागि निकुञ्जको सुरक्षाका लागि खटिएको सेनाले बल प्रयोग गरेर स्थिति नियन्त्रणमा लिएको बताएको छ । उता सात जना कर्मचारीले आफूहरुलाई सेनाले कुटपिट गरेको आरोप लगाएका छन् । बैंकमा रकम जम्मा गरेको भन्दै आफूहरुमाथि कार्यालय प्रमुखको निर्देशनमा सेनाले कुटपिट गरेको आरोप लगाएका छन् ।

अहिले कार्यालय प्रमुखमाथि कुटपिट गरेको भन्दै सात जना कर्मचारी प्रहरीको नियन्त्रणमा रहेका छन् । निकुञ्जले हातपातमा संलग्न कर्मचारीलाई जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरी पक्राउ गर्न लगाएको हो । पक्राउ परेकामध्ये दुई जनालाई आर्थिक अनियमितता गरेको भनी पटक पटक जिल्ला प्रशासन कार्यालयले स्पष्टीकरण सोधिएको निकुञ्जले बताएको छ । यता पक्राउ परेका कर्मचारीलाई छुटाउनका लागि आधिकारिक टेड युनियानले ज्ञापनपत्र बुझाउँदै प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरीलाई तत्काल नछोडे कडा आन्दोलनमा उत्रने चेतावनीसमेत दिएका छन् ।

यो वर्ष डोल्पामा रु तीन करोड राजश्व सङ्कलन भएको प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरीले बताउनुभयो ।