७ आश्विन २०८१, सोमबार
,
Latest
प्रतितोला रु चार सयले बढ्दा सुनको मूल्यमा कीर्तिमान मुगुको मुहार काठमाडौंमा -फोटो फिचर सहकारी ठगी प्रकरण: छविलाल जोशीलाई म्याद थप गर्न अदालत लगिँदै चर्चित धावक रोकायालाई ‘उज्ज्वल तारा खेल सम्मान—२०८१’ प्रदान गरिने श्रीलङ्काका नवनिर्वाचित राष्ट्रपतिलाई अध्यक्ष प्रचण्डको बधाई प्रहरीको हिरासतबाट धनुषामा ८ जना थुनुवा फरार नेपाली कागज उद्योग सञ्चालन भएपछि लोक्ताको सदुपयोग सामुदायिक विद्यालयले विद्यार्थीलाई टपरी र चकटी बनाउने सीप सिकाउँदै प्रधानमन्त्री ओलीको उपस्थितिमा अमेरिकामा हुने भनिएको वृहत कार्यक्रम स्थगित आर्सनल र म्यान्चेस्टर सिटीले अंक बाँडे
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोपा अमेरिका : भेनेजुएलालाई हराउदै अर्जेन्टिना सेमिफाइनलमा प्रवेश



अ+ अ-

काठमाडौँ । अर्जेन्टिना कोपा अमेरिका कप–२०१९ को सेमिफाइनलमा प्रवेश गरेको छ ।

शनिबार बिहान भएको दोस्रो क्वाटरफाइनल खेलमा भेनेजुएलालाई २–० गोल अन्तरले हराउदै अर्जेन्टिना सेमिफाइनलमा प्रवेश गरेको हो । अर्जेन्टिनाको जितमा लाउटारो मार्टिनेज र लो सेल्सोले समान एक एक गोल गरेका थिए ।

खेलको सुरुवातदेखि नै आक्रमक बनेको अर्जेन्टिनाले १० औं मिनेटमा नै आफ्नो अग्रता कायम गरेको थियो । अर्जेन्टिनाका लागि लाउटारो मार्टिनेजले गोल गर्दै १–० को अग्रता बएनाए। त्यसपछि पनि अर्जेन्टिनाले लगातार भेनेजुएलालाई दवाब दिदै गयो । लियोनल मेस्सी र सर्जियो अगुएरोले केहि मौका खेर फ्याल्दा अर्जेन्टिनाले पहिलो हाफसम्म १–० को अग्रता बनायो ।

पहिलो हाफसम्म १–० ले पछाडि परेको भेनेजुएलाले दोस्रो हाफमा थप एक गोल खायो । खेलको ७४ औं मिनेटमा सर्जियो अगुएरोले प्रहार गरेको बल भेनेजुएलाका गोलकिप्परले रोक्ने क्रममा रिबाउन्ड हुँदा सेल्सोेले गोल गर्दै अर्जेन्टिनालाई २–० को अग्रता दिलाए । बाँकी समय दुबै टिमबाट गोल नहँुदा अर्जेन्टिनाले सहजै सेमिफाइनलमा ब्राजिलसँगको भेट पक्का बनायो ।

यता हिजो बिहान भएको खेलमा आयोजक ब्राजिल कोपा अमेरिका कपको सेमिफाइनलमा प्रवेश गरेको छ । पहिलो क्वाटरफाइनलको खेलमा ब्राजिलले पाराग्वेलाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो ।

पेनाल्टी सुटआउटमा ब्राजिलका लागि विलियन, मार्किनोस, फिलिप काउटिन्हो र गाब्रियल जेससले गोल गरेका थिए। चौथो नम्बरमा पेनाल्टी प्रहार गर्न आएका रोबर्टो फिर्मिनोको प्रहार भने आउट भएको थियो।

पाराग्वेका लागि अल्मिरोन, भाल्डेज र जुवान रोद्रिगो रोजासले गोल गरे। तर पहिलो नम्बरमा पेनाल्टि हान्न आएका गुस्ताफो गोमेजको प्रहारलाई ब्राजिलका गोलकिपर एलिन्सनले रोकेका थिए। यस्तै पाँचौ नम्बरमा पेनाल्टी हानेका डेर्लिस गोन्जालेजको प्रहार आकासियो।

त्यसअघि ५८ औं मिनेटमा फाबियल भल्बुएनाले रातो कार्ड पाएपछि पाराग्वे दश खेलाडीमा झरेको थियो । एक खेलाडी कम भएको अवस्थामा पनि ब्राजिलले पाराग्वे विरुद्ध गोल गर्न सकेन । निर्धारित ९० मिनेटको खेलमा दुवै टिमबाट गोल हुन नसकेपछि खेल सिधै पेनाल्टी सुटआउटमा पुगेको हो ।

प्रतियोगिताअन्तर्गत शनिबार सवेर विहान पौने पाँच बजे कोलम्बिया र चिली भिड्नेछन्।