२६ श्रावण २०८३, मंगलवार
,
Latest
जेलीफिसको झुण्डका कारण फ्रान्सेली आणविक प्लान्टका तीन रिएक्टर बन्द पृथ्वीचोकको फुटपाथ खाली, अब बसपार्कबाटै बस छुट्ने करदाता प्रोत्साहन उपहार कार्यक्रमका विजेताको नाम सार्वजनिक न्यायमा नागरिकको पहुँच विस्तार गर्न कानुनी सहायता प्रणाली डिजिटल बनाइँदै : कानुनमन्त्री गौतम फिफा अध्यक्ष इन्फान्टिनोलाई हटाउनु ‘ठूलो गल्ती’ हुने ट्रम्पको भनाइ यमनको मारिबमा सरकारी सेना र हुथीबीच भिडन्त, ११ जनाको मृत्यु गायिका पुजनको ‘तिजको लहर आउँदा बरिलै’ गीत सार्वजनिक घण्टाकर्ण पर्व मनाईयो फोटो फिचर गणपुरक सङ्ख्या नपुगेपछि खानी तथा खनिज पदार्थ विधेयक निर्णायार्थ पेश हुन सकेन शिक्षामन्त्री पोखरेलद्वारा समावेशी शिक्षाबारे सरोकारवालासँग छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

एल क्लासिकोः रियलविरुद्ध बार्सिलोनाको सानदार जित



अ+ अ-

एजेन्सी । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत बार्सिलोनाले सानदार जित निकालेको छ । 

आइतबार मध्यरातमा भएको खेलमा बार्सिलोनाले चीर प्रतिद्वन्द्वी रियल मड्रिडलाई ४-० गोलले पराजित गरेको हो । 

रियलको घरेलु मैदान सान्टियागो बर्नबेउमा भएको एल क्लासिकोमा बार्सिलोनालाई जित दिलाउन पिएरे एम्रिक अउबामेयाङले २ गोल गरे भने रोनाल्ड आरुजोले र फेरान टोरेसले एक एक गोल गरे ।

खेलको २९ औं मिनेटमा अउबामेयाङले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए । ३८ औं मिनेटमा आरुजोले गोल गर्दै बार्साको अग्रता दोब्बर पारे । 

यस्तै, दोस्रो हाफ सुरु भएलगत्तै अर्थात् ४७ औं मिनेटमा फेरान टोरेसले गोल गर्दै बार्सिलोनाको अग्रता ३-० को बनाए । ५१ औं मिनेटमा अउबामेयाङले व्यक्तिगत दोस्रो तथा टिमका लागि चौंथो गोल गर्दै बार्सिलोनालाई सानदार जित दिलाए । 

जितसँगै बार्सिलोना २८ खेलबाट ५४ अंकसहित तालिकाको तेस्रो स्थानमा रहेको छ । यता पराजित रियल भने २९ खेलबाट ६६ अंकसहित शीर्षस्थानमा कायम छ ।