६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रिमियर लिगः टोटेनहमले वेस्टहामलाई हरायो, बेन्टफोर्डविरुद्ध लेस्टर विजयी



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत टोटेनहमले जित निकालेको छ । आइतबार राति भएको खेलमा टोटेनहमले वेस्टहाम युनाइटेडलाई ३-१ गोलले पराजित गरेको हो । 

खेलको नवौं मिनेटमा वेस्टहामका कर्ट जोउमाको आत्मघाती गोलबाट टोटेनहमले सुरुवाती अग्रता दिलाएका थिए , यस्तै, २४ औं मिनेटमा सन हेउंग मिनले गोल गर्दै टोटेनहमको अग्रता दोब्बर पारे । 

३५ औं मिनेटमा सेड बन्रहमाले गोल गर्दै वेस्टहामलाई २-१ को स्थितीमा ल्याए । तर, ८८ औं मिनेटमा सनले नै व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गर्दै टोटेनहमको जित सुनिश्चित गरे । 

जितसँगै टोटेनहम २९ खेलबाट ५१ अंकसहित तालिकाको पाँचौं स्थानमा रहेको छ । यता पराजित वेस्टहाम ३० खेलबाट ४८ अंकसहित सातौं स्थानमा रहेको छ । 

आइतबार राति नै भएको अर्को खेलमा लेस्टर सिटीले बेन्टफोर्डलाई २-१ गोलले पराजित गरेको छ । 

खेलको २० औं मिनेटमा टिमोथी कास्टाग्नेले गोल गर्दै लेस्टरलाई सुरुवाती अग्रता दिलाएका थिए । यस्तै, ३३ औं मिनेटमा जेम्स म्याडिसनले गोल गर्दै लेस्टरको अग्रता दोब्बर पारे । 

८५ औं मिनेटमा योने विसाले गोल गरेपनि बेन्टफोर्डको हार टार्न सकेनन् । जितसँगै २७ खेलबाट ३६ अंक जोडेको लेस्टर तालिकाको दशौं स्थानमा रहेको छ भने ३० खेलबाट ३० अंकसहित बेन्टफोर्ड १५ औं स्थानमा छ ।