७ आश्विन २०८१, सोमबार
,
Latest
संसदीय समितिको टोलीद्वारा नेपाल ट्रष्टको जग्गा र शैक्षिक संस्था निरीक्षण मेडिकल व्यवसायी दुर्गा प्रसाईं वीर अस्पतालमा भर्ना मानव बेचबिखनको फेरियो शैली, बढ्यो जोखिम धनुषामा हिरासतबाट फरारमध्ये चार थुनुवा पक्राउ पोखरामा रास्वपा कार्यकर्ताहरुको विरोध प्रदर्शन काभा महिला क्लव च्याम्पियनसिपको उपाधि जितेको नेपाल पुलिस क्लबलाई भव्य स्वागत भाषा,साहित्य र संस्कृति मानव जीवनका लागि अपरिहार्य: राष्ट्रपति प्रहरी महानिरीक्षक कुँवर ग्रीस प्रस्थान परराष्ट्रमन्त्री डा राणाद्वारा विभिन्न देशका विदेशमन्त्रीसँग भेटवार्ता मिथिला क्षेत्रमा आजदेखि ‘जितिया पर्व’ शुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

दाङमा जीप दुर्घटनामा चालकको मृत्यु



अ+ अ-

दाङ । दाङमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आज रगैँचाबाट तुलसीपुर आउँदै गरेको जीप दङ्गीशरण–७ श्रीगाउँ नजिक दुर्घटना हुँदा जीप चालक दङ्गीशरण–७ रजतगाउँका डिल्लीबहादुर ओलीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

गाडी अनियन्त्रित भई बिहान ८ः३० बजे दुर्घटना हुँदा गम्भीर घाइते ओलीको राप्ती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले बताउनुभयो । रा १ ज ४३६ नं को जीप दुर्घटनामा परेको हो । उक्त जीपमा अन्य तीन जना सवार रहेपनि अन्यको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ ।

यस्तै इलाका प्रशासन कार्यालय तुलसीपुरका प्रमुख यादव सुवेदी सवार गाडी दुर्घटनामा परेको छ । तुलसीपुर–घोराही सडकखण्डअन्तर्गत तुलसीपुर उपमहानगरपालिका–६ मोतिपुर कल्भर्टबाट सुवेदी सवार रा १ झ ९९ नं को सरकारी कार दुर्घटनामा परेको हो ।

तुलसीपुुरबाट घोराही जाँदै गर्दा बिहान सडकमा चिप्लिएर कार दुर्घटनामा पर्दा प्रमुख सुवेदी घाइते हुनुभएको छ । उहाँलाई अहिले राप्ती प्रादेशिक अस्पतालमा राखिएको र थप उपचारका लागि काठमाडौँ पठाउन लागिएको इलाका प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले बताउनुभयो । सुवेदीको टाउकोमा चोट लागेको छ ।