७ आश्विन २०८१, सोमबार
,
Latest
संसदीय समितिको टोलीद्वारा नेपाल ट्रष्टको जग्गा र शैक्षिक संस्था निरीक्षण मेडिकल व्यवसायी दुर्गा प्रसाईं वीर अस्पतालमा भर्ना मानव बेचबिखनको फेरियो शैली, बढ्यो जोखिम धनुषामा हिरासतबाट फरारमध्ये चार थुनुवा पक्राउ पोखरामा रास्वपा कार्यकर्ताहरुको विरोध प्रदर्शन काभा महिला क्लव च्याम्पियनसिपको उपाधि जितेको नेपाल पुलिस क्लबलाई भव्य स्वागत भाषा,साहित्य र संस्कृति मानव जीवनका लागि अपरिहार्य: राष्ट्रपति प्रहरी महानिरीक्षक कुँवर ग्रीस प्रस्थान परराष्ट्रमन्त्री डा राणाद्वारा विभिन्न देशका विदेशमन्त्रीसँग भेटवार्ता मिथिला क्षेत्रमा आजदेखि ‘जितिया पर्व’ शुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

खलो प्रथाले परिवार पाल्नै मुस्किल



अ+ अ-

रुकुमपूर्व । करीब पाँच दशकदेखि फलाम पिट्दै आउनुभएका सिस्ने गाउँपालिका–१ का राजु कामीलाई खलो प्रथाबाट परिवार पाल्न मुस्किल भएको छ । आफूले १५ वर्षको उमेरदेखि नै पलाम पिट्न थालेको बताउने उहाँले फलामका भाँडा बनाएबापत स्थानीय बासिन्दाले आफूलाई वर्षमा प्रतिघर चार पाथी अन्न दिँदै आएको बताउनुभयो ।

वर्षभरि फलाम पिटेर प्रत्येक घरबाट दुई पाथी गहुँ र दुई पाथी मकै पाउने गरेको र त्यसबाट परिवार पाल्न मुस्किल परेको उहाँको भनाइ छ ।

त्यस्तै पुथा उत्तरगङ्गा गाउँपालिका–१४ का गाइने कामीलाई पनि परम्परागत आरन व्यवसायबाटै भएको आम्दानीले छ जना परिवारको गुजारा चलाउन मुस्किल भएको छ । उहाँको आम्दानीको स्रोत भनेको एउटा आरनबाहेक अरु केही छैन । जिल्लामा आरन सञ्चालन गरेर जीवन गुजारा गर्नेहरुको सङ्ख्या झण्डै १३० को हाराहारीमा रहेको सिस्ने गाउँपालिका उपाध्यक्ष गोवद्र्धन बुढाले बताउनुभयो ।

यहाँ आरन व्यवसायमा दलित जातिको बाहुल्य छ । उनीहरुसँग पर्याप्त जग्गा जमीन नहुँदा कृषि पेशामा पनि लाग्न पाएका छैनन् । कतिपयको त आफ्नो नाममा एक टुक्ता पनि जमीन नहुँदा सार्वजनिक जग्गा वा अर्काको जग्गाामा छाप्रो राखेर बस्न बाध्य भएका छन् । बजारमा स्टिल र प्लाष्टिकको भाँडाको प्रयोग बढेसँगै वर्षौंदेखि गाउँगाउँमा सञ्चालन भएका आरनको संरक्षण हुन सकेको छैन ।

परम्परागत रुपमा सञ्चालनमा आएका आरनमा फलामका भाँडावर्तन बनाइदिएको साटो खलो उठाएर खाने गरेको भूमे गाउँपालिकाका अर्का आरन व्यवसायी सेतु विकले बताउनुभयो ।

पछिल्लो चरणमा स्थानीय तहले आरन संरक्षणतर्फ पनि बजेट छुट्याएका छन् । सिस्ने गाउँपालिकाले गाउँपालिकाका विभिन्न वडाहरुमा आरन सञ्चालनको लागि भवन निर्माण गरिदिएको छ भने आरनसम्बन्धी तालीम पनि सञ्चालन गरिएको उपाध्यक्ष बुढाले बताउनुभयो ।