१९ भाद्र २०८३, शुक्रबार
,
Latest
नेपालले जलवायु न्याय खोज्ने अन्तर्राष्ट्रिय प्लाटफर्म कस्ता छन्ः यसो भन्नुहुन्छ जलवायु वित्त विज्ञ राजु पण्डित… कृष्णभीरमा पृथ्वीराजमार्गको नयाँ ट्रयाक खोल्न थालियो गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै जलवायु सङ्कटसँग जुध्न विकासशील मुलुकलाई थप वित्तीय तथा प्राविधिक सहयोग आवश्यकः एलडिसी त्रिशूली–३ ‘ए’ सुरुङबाट उद्धार गरिएका दुई जनालाई हेलिकप्टरमार्फत काठमाडौं पठाइयो पिकलबल विश्वकपमा नेपाललाई ऐतिहासिक कास्य, दावा सोनाम शेर्पाले रचे इतिहास भाद्र कृष्ण अष्टमीः बिहानैदेखि देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको लाम साल्ट ट्रेडिङद्वारा विपद् प्रभावितका लागि रु ६० लाख सहयोग भोटेकोशी बाढी प्रभावित व्यवसायीका लागि पुनरुत्थान प्याकेज स्वागतयोग्य : नाडा यी हुन् आजका अवरुद्ध प्रमुख राजमार्ग
तपाईं के खोज्दै हुनुहुन्छ ?

माेरङकाे लक्ष्मीमार्गमा हरियाली बढाउन वृक्षराेपण



अ+ अ-
मन्त्री कुसियत वृक्षराेपण गर्दै । तस्वीरः रासस

विराटनगर: ‘वृक्षरोपण गरौँ, हरियाली बढाउऔँ’ भन्ने नाराका साथ बेलबारी नगरपालिकाको वडा नं ११ स्थित लक्ष्मीमार्गमा शनिबार अायोजित ‘राष्ट्रिय वृक्षरोपण दिवस तथा वन महोत्सव’ कार्यक्रममा सहभागी वक्ताहरुले ‘जहाँ वन त्यहाँ व्यवस्थापन, जहाँ बाँझो त्यहाँ वृक्षरोपण’ गर्नुपर्ने धारणा राखेका छन् ।

मानव जीवनका निम्ति अक्सिजन नभई नहुने र सो अक्सिजन बोटबिरुवाबाटै प्राप्त हुने भएकाले वृक्षरोपणको विकल्प सोच्न नसकिने वक्ताहरुले प्रष्ट पार्दै हरेक नागरिकले कम्तीमा पाँच बिरुवा रोप्नुपर्ने जोड दिएका छन् ।

तस्वीरः रासस

वातावरणमा नकरात्मक असर पर्न नदिन र मानव जीवनलाई सहज एवं सरल बनाउन वृक्षरोपणप्रति नागरिकको चासो बढ्नुपर्ने उहाँहरुको भनाइ थियो । प्रदेश नं १ का उद्योग, पर्र्यटन, वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियतले कार्यक्रमको उद्घाटन गर्दै वृक्षरोपण मानव जीवनसँग गाँसिएकाले यसको संरक्षण र संवद्र्धन गर्नुपर्ने बताउनुभयो ।

उहाँले प्रदेश सरकारले प्रदेशभरिका सीमसार क्षेत्रलाई जोगाउन र वन क्षेत्र बढाउन प्राथमिकताका साथ लागिरहेको छ भन्दै प्रदेश सरकारले विद्यालय, मठ, मन्दिर, खाली ठाउँ, सार्वजनिक जमीन र नहरको खाली जमीनमा वृक्षरोपण कार्यक्रम गर्नका लागि बजेट विनियोजन गरेको बताउनुभयो ।

आयोजक संस्था लक्ष्मी सामुदायिक वन उपभोक्ता समिति बेलबारीका अध्यक्ष लोकबहादुर बस्नेतले प्रस्तावित यो क्षेत्रमा अहिलेसम्ममा ९३ हेक्टर जग्गामा एक लाख ४८ हजार वृक्षरोपणको काम भइसकेको छ भन्दै यस वर्ष २० हेक्टर जग्गामा ३२ हजार २४० बोटबिरुवा रोप्ने जानकारी दिनुभयो । मोरङमा हालसम्म वन क्षेत्र ५५ हजार ५०० हेक्टर, सामुदायिक वन १३२ ले २० हजार हेक्टर, निजी वन ५४० ले करीब ६०० हेक्टर जग्गा वनले ओगटेको छ ।