७ पुष २०८२, सोमबार
,
Latest
सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड विद्या र ईश्वरलाई प्रदिपको प्रश्न- आफै उभिएको धरातलप्रतिको विश्वास किन धरमराएको होला ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला सशक्तीकरण कार्यक्रम सम्पन्न



अ+ अ-

प्रिया अधिकारी/ बुटवल । कञ्चन जेसिज र साना किसान सहकारी संस्था कञ्चनको संयुक्त आयोजनामा एक दिने महिला सशक्तीकरण कार्यक्रम सम्पन्न भएको छ। कंन्चन १ लौसामा रहेको डाफे कटेज एण्ड पाटी प्यालेसमा सो कार्यक्रम सम्पन्न भएको हो ।

कञ्चन जेसिज बर्ष २०१९ का संस्थापक अध्यक्ष चुडामडी पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रम कन्चन गाउँपालिका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले उद्द्घाटन गर्नु भएको थियो ।

कार्यक्रममा बोल्दै अध्यक्ष पौडेलले महिला अरुको भर नपर्ने आफैमा सबल भए घर परिवार देखि लिएर आफैं पनि सशक्त हुने र महिला बिचको असमझदारी हटाए महिला सशक्त हुने कुरामा जोड दिनु भयो। कंन्चन गाउँपालिका तथा न्यायिक समिति सदस्य रेणु कुवरले महिला सशक्तीकरणका लागि विभिन्न कार्यक्रम ल्याएको र अझै पनि थप कार्यक्रम ल्याउने प्रतिबद्धता दिनु भयो।

नेपाल जेसिज बर्ष २०१७ का राष्ट्रिय उपाध्यक्ष राजु पौडेलले सहजीकरण गर्नु भएको उक्त कार्यक्रममा १४५ जना प्रशिक्षार्थीको सहभागीता रहेको थियो।

त्यसै गरि साना किसान कृषि सहकारी संस्थाका सल्लाहकार ओम प्रकाश शर्मा प्रशिक्षार्थी तर्फ रुमा खड्का, कुस्मा देवि पुन, दिलमाया भट्टराईले आफुले एक दिनमा सिकेको अनुभव सुनाएको उक्त कार्यक्रममा उद्घाटन सत्र र समापन सत्रमा क्रमशः अध्यक्ष चुरामडी पौडेल कृषि सहकारी संस्थाकी अध्यक्ष कोपिला घिमिरेलेको अध्यक्षता रहेको उक्त कार्यक्रम
जेसिजका महासचिव राजन पौडेलले संचालन गर्नु भएको थियोे भने जेसिजकी कार्यकारी उपाध्यक्ष राधिका चौधरीले धन्यवाद ज्ञापन गर्नु भएको थियो।