• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   गुल्मी पहिरो अपडेटः एकै घरका पाँच जनाको मृत्यु ★   जलवायुमैत्री प्रविधि प्रयोग गरेर उत्पादन वृद्धि गर्ने नीति सरकारको प्राथमिकतामाः प्रधानमन्त्री ★   खेती धान्ने महिला किसानलाई छैन प्रोत्साहन ★   शीतल निवासमा धान रोपाइँ – तस्बिरहरु ★   प्रधानमन्त्री पुष्पकमल दाहालले कसरी रोपे धान ? (फोटोफिचर) ★   गुल्मीमा पहिरोमा पुरिँदा एकै घरका तीन जनाको मृत्यु, दुई बेपत्ता ★   नौ महिनाभित्र वास्तविक किसान पहिचान गर्छौं : कृषि मन्त्री साह ★   पचास प्रतिशत रोपाइँ मनसुनी वर्षाकै भरमा ★   बागलुङमा पहिरोले घर पुरिँदा दम्पतीको मृत्यु, बुहारी र नाती घाइते ★   दही चिउराको सांस्कृतिक पर्व मनाइँदै

विद्युतीय तारबारमा परेर ३ वर्षीय भाले छावाको मृत्यु



भद्रपुर । झापाको हल्दिवारी गाउँपालिका ३ स्थित थलथलमा रहेको चारकोशे झाडीमा स्थानीयले लगाएको विद्युतीय तारबारमा परेर ३ वर्षीय भाले छावाको मृत्यु भएको छ ।

हात्तीको बथान पसेर मकै बाली नष्ट गर्छ भन्दै स्थानीयले थापेको विद्युतीय तारमा परेर हल्दिवारी—३ स्थित रणकाली सामुदायिक वन क्षेत्रमा अन्दाजी ३ वर्षको भाले हात्ती मरेको हो । साविक जलथल १ मा रहेको चारकोशे झाडी जलथल वन क्षेत्रबाट गाउँतिर हात्ती रोक्नका लागि लगाइएको विद्युत्तीय नाङ्गो तारमा रहेको करेन्ट लागेर शुक्रबार राती सो हात्ती मरेको जिल्ला वन कार्यालय झापाले जनाएको छ ।

स्थानीयको मकैबाली खानका लागि एक हप्ता यता दश वटा हात्ती बसिरहेको स्थानीयको भनाइ छ । विगत वर्षहरूबाटै स्थानीयले आफ्नो सुरक्षाका लागि भन्दै वन क्षेत्रमा नाङ्गो तारबाट करेन्ट छोड्ने गरेका छन् । हात्तीका लागि उपयुक्त बासस्थान मानिएको सो वन क्षेत्र आसपास धान र मकै बाली उत्पादनको समयमा हात्तीको बधानले उपद्रो मच्चाउने गरेको पीडित स्थानीयको गुनासो छ ।

जलथल वन सेक्टर कार्यालयका प्रमुख जीवनकुमार पाठकले दिएको जानकारी अनुसार १६ फिट लम्बाइ ८ फिट उचाइ भएको भाले हात्ती मरेको हो । मृत हात्तीको स्थानीय मुचुल्का उठाएर वडाअध्यक्ष, वन कार्यालयका प्रतिनिधि, सुरक्षाकर्मी र पशु डाक्टरको रोहवरमा पोष्टमाटम गरेपछि सोही क्षेत्रमा गाडिएको छ । पाठकका अनुसार झापामा मानव हात्ती द्वन्द्वका क्रममा ११ वटा हात्ती र ३८ जना मानिसले ज्यान गुमाइसकेका छन् ।

मानव हात्ती द्वन्द्व न्युनीकरण गर्न सरकारले करोडौं लगानी गरे पनि अहिलेसम्म मर्ने मार्ने क्रम नरोकिएको स्थानीय बताउने गर्छन् । गएके आर्थिक वर्षमा ८ करोड लगानीमा विद्युतीय तारबार (सोलार फेन्सिङ) लगाउने कार्य सुरूगरिएको भनिए पनि अहिलेसम्म हात्ती नियन्त्रणको अभियान सञ्चालन नहुँदा सदरमुकाम दक्षिणका बासिन्दा त्रास र पीडामा बाच्न बाध्य छन् ।