१० भाद्र २०८३, बुधबार
,
Latest
त्रिशूली र नारायणी नदीमा ५३ शव भेटिए जेलेन्स्कीद्वारा एलन मस्कलाई युक्रेनको सर्वोच्च सम्मान रसुवा बाढीमा १९६ भन्दा बढी जलविद्युत कर्मचारी र कामदार सम्पर्कविहीन, प्राधिकरणको उद्धार टोली सक्रिय बाढीले कूल विद्युत् उत्पादन क्षमताको दश प्रतिशत प्रभावित भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ? अस्ट्रेलियन क्यापिटल टेरिटोरीविरुद्धको खेलमा नेपाल ‘ए’ विजयी ग्यालेक्सी पब्लिक स्कुलले सार्वजनिक गर्‍यो दोस्रो फुटसल प्रतियोगिताको ट्रफी र आधिकारिक खेल बल एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय विपद् उद्धार तथा राहतका लागि ‘सेतु’ प्रणालीमार्फत सहयोग माग गर्न सकिने बाढी प्रभावित विद्यालयको पुनःस्थापनामा सहकार्य गर्ने प्याब्सनको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्युतीय तारबारमा परेर ३ वर्षीय भाले छावाको मृत्यु



अ+ अ-

भद्रपुर । झापाको हल्दिवारी गाउँपालिका ३ स्थित थलथलमा रहेको चारकोशे झाडीमा स्थानीयले लगाएको विद्युतीय तारबारमा परेर ३ वर्षीय भाले छावाको मृत्यु भएको छ ।

हात्तीको बथान पसेर मकै बाली नष्ट गर्छ भन्दै स्थानीयले थापेको विद्युतीय तारमा परेर हल्दिवारी—३ स्थित रणकाली सामुदायिक वन क्षेत्रमा अन्दाजी ३ वर्षको भाले हात्ती मरेको हो । साविक जलथल १ मा रहेको चारकोशे झाडी जलथल वन क्षेत्रबाट गाउँतिर हात्ती रोक्नका लागि लगाइएको विद्युत्तीय नाङ्गो तारमा रहेको करेन्ट लागेर शुक्रबार राती सो हात्ती मरेको जिल्ला वन कार्यालय झापाले जनाएको छ ।

स्थानीयको मकैबाली खानका लागि एक हप्ता यता दश वटा हात्ती बसिरहेको स्थानीयको भनाइ छ । विगत वर्षहरूबाटै स्थानीयले आफ्नो सुरक्षाका लागि भन्दै वन क्षेत्रमा नाङ्गो तारबाट करेन्ट छोड्ने गरेका छन् । हात्तीका लागि उपयुक्त बासस्थान मानिएको सो वन क्षेत्र आसपास धान र मकै बाली उत्पादनको समयमा हात्तीको बधानले उपद्रो मच्चाउने गरेको पीडित स्थानीयको गुनासो छ ।

जलथल वन सेक्टर कार्यालयका प्रमुख जीवनकुमार पाठकले दिएको जानकारी अनुसार १६ फिट लम्बाइ ८ फिट उचाइ भएको भाले हात्ती मरेको हो । मृत हात्तीको स्थानीय मुचुल्का उठाएर वडाअध्यक्ष, वन कार्यालयका प्रतिनिधि, सुरक्षाकर्मी र पशु डाक्टरको रोहवरमा पोष्टमाटम गरेपछि सोही क्षेत्रमा गाडिएको छ । पाठकका अनुसार झापामा मानव हात्ती द्वन्द्वका क्रममा ११ वटा हात्ती र ३८ जना मानिसले ज्यान गुमाइसकेका छन् ।

मानव हात्ती द्वन्द्व न्युनीकरण गर्न सरकारले करोडौं लगानी गरे पनि अहिलेसम्म मर्ने मार्ने क्रम नरोकिएको स्थानीय बताउने गर्छन् । गएके आर्थिक वर्षमा ८ करोड लगानीमा विद्युतीय तारबार (सोलार फेन्सिङ) लगाउने कार्य सुरूगरिएको भनिए पनि अहिलेसम्म हात्ती नियन्त्रणको अभियान सञ्चालन नहुँदा सदरमुकाम दक्षिणका बासिन्दा त्रास र पीडामा बाच्न बाध्य छन् ।