७ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिया समनवय गोष्ठि सम्पन्न



अ+ अ-

भद्रपुर । राष्ट्रिय चिया तथा कफि विकाश बोर्डको आयोजनामा झापाको भद्रपुरमा चिया समनवय गोष्ठि सम्पन्न गरिएको छ ।

निगमा निमित्त कार्यकारी निर्देशक दिपक खनालको अध्यक्षता तथा जिल्ला समनवय समिति सोमनाथ पोर्तेलको प्रमुख आतिथ्यतामा चिया किसान उद्योगी र मजदुरका समस्या तथा समाधानका उपाय सम्बन्धी गोष्ठि सम्पन्न गरिएको हो । कार्यक्रममा साना किसानका समस्या, मजदुरका सस्या र उद्योगीका समस्या प्रस्तुत गरिएको थियो ।

जसका लागि सबै पक्षले चियाको बजारीकरणका लागि निगमले भूमिका खेल्नु पर्ने सहभागीहरुले बताएका छन् । कार्यक्रममा उद्योगी विनयराज पोखरेल साना चिया किसान देवीप्रसाद कोइराला, श्रमिक संजयकुमार राई, गोपाल दाहाल लगायतले मन्तव्य राख्दै सरकारको ध्यानाकर्षण गराएका थिए ।