७ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बारीमा फलेको करेला र अदुवा विदेशीलाई बेचेर हामी धनी हुनेछौ : प्रधानमन्त्री ओली



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले चर्चा भएजस्तो बेरोजगारीको अवस्था नरहेको दाबी गरेका छन् ।

श्रम तथा रोजगार सम्मेलन उदघाटन समारोहलाई आइतबार काठमाडौंमा सम्बोधन गर्दै ‘अहिले युवा जनसंख्याको बाहुल्य छ । बेरोजगारको जुन चर्चा छ, त्यो वास्तविक होइन । जमिन छ तर बाँझै छ, काम गर्ने मान्छे पनि छ, तर मान्छेले काम गर्दैन,’ प्रधानमन्त्री ओलीले भने ।

जो सत्तामा आए पनि उसले गरिबीसँग जुध्नैपर्ने भन्दै प्रधानमन्त्री ओलीले आफ्नो कार्यकालमा गरिबी र बेरोजगारी अन्त्य हुने दाबी गरे । उनले कृषिमा आधुनिकीकरण, व्यवसायीकरण र औद्योगिकीकरण गरे धनी हुने बताए । उनले भने बारीमा करेला फल्छ, अदुवा फल्छ तर आफूले खाएर बढी भएको बजारमा लैजान सक्ने अवस्था छैन । चार बोट सुन्तला लगाएर विदेश निर्यात गर्न सकिँदैन । अब कृषिमा आधुनिकीकरण, व्यवसायीकरण र औद्योगिकीकरण गर्नुपर्छ ।’

उनले आफूले गरेको राम्रा कामको चर्चा नगरिदिए हुने बताए । उनले भने, ‘मैले गरेको राम्रो कामको चर्चा नगर्दा पनि हुन्छ । च्यातेर डस्टबिनमा फालिदिए पनि हुन्छ, तर काम चाहिँ गर्नुपर्छ । सुन्दर, सुरक्षित, समृद्ध नेपाल बनाउन सबै लाग्नुपर्छ ।’

उनले देशको विकास गर्न काम गर्नुपर्ने, तर काम गर्ने इमान्दार नेपाली जनशक्ति विदेश जाने गरेको बताए । स्वदेशमै अवसर हुँदाहुँदै पनि नेपालीहरु विदेशिने गरेको उनको भनाइ छ । ‘नेपालीहरु काम गर्न रुचि राख्छन्, इमान्दार छन्, त्यही भएर विदेशी रोजगारदाताले पनि बोलाउँछन्,’ प्रधानमन्त्री ओलीले भने, ‘अहिले दुईटा कुरा मिलेको छैन । विकास गर्नलाई काम गर्नुपर्छ, त्यसको लागि काम छैन, जब हामी काम गर्न लाग्छौं, तब जनशक्ति हुँदैन ।’

उनले सम्मानजनक काम र न्युनतम पारिश्रमिकको व्यवस्था गरियो भने देशभित्रै रोजगारी सिर्जना गर्न सकिने बताए । शिक्षा क्षेत्र बेरोजगार उत्पादन गर्ने थलो भएको भन्दै उनले शैक्षिक प्रमाणपत्र समस्या नरहेको बताए । उनले शिक्षा प्रणालीलाई जीवनपयोगी बनाउनुपर्ने बताए ।