७ आश्विन २०८१, सोमबार
,
Latest
संसदीय समितिको टोलीद्वारा नेपाल ट्रष्टको जग्गा र शैक्षिक संस्था निरीक्षण मेडिकल व्यवसायी दुर्गा प्रसाईं वीर अस्पतालमा भर्ना मानव बेचबिखनको फेरियो शैली, बढ्यो जोखिम धनुषामा हिरासतबाट फरारमध्ये चार थुनुवा पक्राउ पोखरामा रास्वपा कार्यकर्ताहरुको विरोध प्रदर्शन काभा महिला क्लव च्याम्पियनसिपको उपाधि जितेको नेपाल पुलिस क्लबलाई भव्य स्वागत भाषा,साहित्य र संस्कृति मानव जीवनका लागि अपरिहार्य: राष्ट्रपति प्रहरी महानिरीक्षक कुँवर ग्रीस प्रस्थान परराष्ट्रमन्त्री डा राणाद्वारा विभिन्न देशका विदेशमन्त्रीसँग भेटवार्ता मिथिला क्षेत्रमा आजदेखि ‘जितिया पर्व’ शुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

यमनी हुथीद्वारा साउदी विमानस्थलमा आक्रमण



अ+ अ-

साना । यमनका हुथी विद्रोहीहरुले साउदी अरेबियाको दक्षिणी आसिर प्रान्तमा रहेको आभा विमानस्थलमा मानवविहीन बिमान (ड्रोन) बाट आक्रमण गरेका छन् ।

विद्रोहीहरुले जिजान प्रान्तको जिजान बिमानस्थलमा समेत ड्रोन मार्फत बम आक्रमण गरेको दाबी पनि गरेका छन् ।
दुबै ड्रोन आक्रमणबाट आभा र जिजान बिमानस्थलका बिमान ह्याङ्गरमा आक्रमण गरिएको विद्रोहीद्वारा संचालित मासिराह टेलिभिजनले जनाएको छ । विद्रोही समूहका सैनिक प्रवक्ता याह्या सारियाले जारी गरेको विज्ञप्तिमा ड्रोनमार्फत बम आक्रमण गरिएको उल्लेख छ ।

विद्रोहीहरुले पछिल्ला दिनहरुमा साउदी अरेबियाका क्षेत्रीय बिमानस्थलमा क्षेप्यास्त्र र ड्रोन आक्रमणलाई तिब्र बनाएका छन् । साउदी अरेबियाले भने उक्त घटनाका बारेमा कुनै प्रतिक्रिया जनाएको छैन ।

साउदी समाचार संस्थाले हुथीद्वारा आभा बिमानस्थलमा गरिएको ड्रोन आक्रमणबाट गत साता एक जना सिरियाली नागरिकको ज्यान जानुका साथै अरु आठ जना घाइते भएका थिए । यस्तै, अर्को ड्रोन आक्रमणबाट आभा बिमानस्थलमा २६ जना घाइते भएका थिए ।